बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

कोरोना संक्रमणबाट बुटवलमा थप २ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट रुपन्देहीमा थप २ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत बुटवल धागो काराखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । १ जना पुरुष र १ जना महिला गरी २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नवलपरासीको प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिला र रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ४० वर्षीय पुरुष छन् ।

नवलपरासीको प्रतापपुरकी महिलाको आज (शनिबार) विहान ६ बजे र बुटवलका ४० वर्षीय पुरुषको शुक्रबार राति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

नवलपरासीकी महिला भदौ १५ र बुटवलका पुरुष भदौ ११ गते अस्पताल भर्ना भएका थिए । पछिल्लो समय दुवै जनाको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

दुवै जनामा ज्वरो र स्वाशप्रश्वासको समस्या रहेको जनाइएको छ । तर, कुनै पनि दीर्घ रोग भने नरहेको डा गौतमले जानकाराी दिए ।

थप २ जनाको मृत्युसँगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मृतकमध्ये ६ जना बुटवल उपमहानगरपालिकाका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *