बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

गायक रामकृष्ण श्रेष्ठ तथा गायिका सपना श्रीको स्वर रहेको “लालु पाते फुल झै” बोलको गीतको छायाँकन सम्पन्न

कोरोना कहरका कारण देशमा भईरहेको लकडाउनका कारण प्राय सबै कामहरु ठप्प स्थितिमा थिए तर हाल लकडाउन केहि खुकुलो भएसंगै र केहि स्थानहरुमा लकडाउन हटे पश्चात लामो समयदेखि रोकिएका म्यूजिक भिडियोहरुको छायांकन सुचारु हुने क्रम जारी भैरहेको अवस्थामा हालै निर्देशक शिवन पोखरेलले निर्देशन गरेको गायक रामकृष्ण श्रेष्ठ तथा गायिका सपना श्रीको स्वर रहेको “लालु पाते फुल झै” बोलको गीतको छायाँकन सम्पन्न भएको छ ।

सिन्धुलीका विभिन्न रमणीय स्थानहरुमा छायांकन भएको गीतमा निर्देशक तथा मोडल शिबन पोखरेलको अलावा कुसुम गोताने र जय राम बर्माको अभिनय तथा नृत्य हेर्न सकिनेछ।

प्रेमकृष्ण बजगाईको शव्द संगित रहेको गीतको भिडियोको छायांकन महेश महराले गरेका हुन भने मेक अप सुमन शंकरको रहेको छ । भिडियो चाडै दर्शक माझ सार्वजनिक गरिने संचारकर्मी समेत रहेका गायक रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *