बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

गुल्मीको रुरुक्षेत्रमा पहिरोमा पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

गुल्मीको रूरूक्षेत्र गाउँपालिका ५ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। माथिबाट खसेको पहिरोसहितको ढुंगाले घर पुरिँदा रूरूक्षेत्र ५ बम्घा आटीपाटाकी ३० वर्षीया बिना माझी (बोटे), उनका छोराहरु ९ वर्षीय सागर, ७ वर्षीय हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको हो।

‘गए राति करिब आठ बजेको घटना हो,’ गुल्मीका प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले भने, ‘आमा र छोराछोरीसहित परिवारका चारै जनाको घटनास्थलमै मृत्यु भएको छ।’ बिनाका पति राजु माझी (बोटे) भने रोजगारीको सिलसिलामा भारतमा छन्। उद्धारका इलाका प्रहरी कार्यालय रिडी र जुहाङबाट प्रहरी टोली राति नै घटनास्थलमा पुगेको एसपी खड्काले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *