बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

जापानमा बसी व्यापार व्यबसाय गर्दै आएका समाजसेबी तथा व्यवसायी केशब अधिकारीको चौतारो रेष्टुरेन्ट संचालनमा

बिगत २२ बर्ष देखि जापानमा बसी व्यापार व्यबसाय गर्दै आएका समाजसेबी तथा व्यवसायी केशब अधिकारी अहिले जापानमा नेपाली व्यावसायिहरु मध्येमा अग्र स्थानमा रहेका छन । जापानिज वाइनबार जापानीज रेस्टुरेन्ट (इजागया) बाट व्यवसाय सुरु गरेका अधिकारीले अहिले जापानको अन्तर्राष्ट्रिय विमान स्थल हानेदा एयरपोर्ट बाट दस मिनेटको दुरिमा रहेको कामता स्टेसनमा जापानमै नेपाली रेस्टुरेन्टहरु मध्ये हाल सम्मकै सबैभन्दा ठुलो २५० भन्दा बढी क्षमता रहेको चौतारो रेस्टुरेन्ट संचालनमा ल्याएका छन । उनले ५० / ६० जना नेपाली तथा जापानीजहरुलाइ समेत रोजगारी दिदै आएका छन, उक्त रेस्टुरेन्टमा नेपाली कला संस्कृती तथा विश्व सम्पदा सुचिमा परेका सांस्कृतिक सम्पदा झल्किने खालका चित्रहरुलाइ भित्तामा चौतारो सङगै चित्रण गरिएको छ ,नेपालमै रहेको अनुभुती दिलाउने रेस्टुरेन्टका संयोजक बिनय श्रेष्ठले बताए ।

विशेष गरि नेवारी खानाका साथमा थकाली खाना नेपाली स्वादका परिकारहरु पाउनुका साथै नेपाली कला संस्कृती झल्किने लाइभ लोकदोहोरीको साथमा रमाउन सकिने छ । एक दशक जापानीज कम्पनीमा काम गरेर आफ्नै केही काम गर्न गरौ भन्ने सोच आएको कारण जापानमै नेपाली रेस्टुरेन्ट खोलेको उनले बताए । स्वच्छ ,सुन्दर पारिवारिक बातावरणमा खुलेको उक्त रेस्टुरेन्टमा नेपालीहरुको मागलाइ ध्यानमा राखी रेस्टुरेन्ट भित्रै रेमिटेन्स सुबिधा संगै हलाल फुड दाल,चामल,चिनी,खसिको मासु लगाएत थुप्रै सर सामनहरु समेत उपलब्ध गराएका छन । व्यवसायि तथा समाजसेवी अधिकारीले नेपाली नारिहरुको महान चाड हरितालिका तिजलाइ लक्षित गरि कामतामा रहेको चौतारो रेस्टुरेन्टमा बहस तथा तिज कार्यक्रम सार्बजनिक गरेका छन । उक्त तिज विशेष बहस तथा कार्यक्रममा सम्पुर्ण जापानमा रहनु भएका दिदिबहिनीहरुलाइ चौतारो रेस्टुरेन्टमा सहभागिताको लागि अनुरोध समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *