बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

महोत्तरीका ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु,नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो ।

यो सँगै प्रतिष्ठानमा उपचारका लागि आएका दोस्रो कोरोना संक्रमितको मृत्यु भएको छ । यस अघि सप्तरीको राजविराजका एक जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *