आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष तथा बरिष्ठ उद्योगपति लक्ष्मीदास मानन्धर अस्पताल भर्ना

काठमाडौं, पूर्व सांसद एवम् प्रतिष्ठित उद्योगपति लक्ष्मीदास मानन्धरलाई अस्पताल भर्ना गरिएको छ । आफ्नै निवासमा लडेर घाईते भए पछि मानन्धरलाई उपचारका लागि बागबजार स्थित काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको छ ।

आंगनमा ओर्लने क्रममा खुट्टा चिप्लिएर उनी लडन पुगेका थिए । उनको दायाँ खुट्टाको हडडी भांचिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन । ९३ वर्षिय मानन्धरलाई थप उपचारका लागि आजै नेपाल मेडिसिटी अस्पताल लैजाने तयारी पनि गरिएको छ । हाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड का संचालक समिती अध्यक्ष समेत रहेका मानन्धर तत्कालिन एमालेबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए । उनी उद्योग वाणिज्य समितीको सभापती समेत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *