शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

सामूहिक हत्यामा संलग्न रहेको आरोपीत झपेन्द्रले माधवलाई दिएका थिए ज्यान मार्ने धम्की

रुपन्देहीको तिलोतमा नगरपालिका–१० मैनहियामा भएको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका झपेन्द्र सिंजालीको पशु फार्मका माधव मुसहरसँग झगडा भएको खुलेको छ । जेठ १४ गते ज्यान गुमाएका मुसहर र झपेन्द्रबीच गंगादेवी पशु फार्ममै झगडा भएको र झगडा गर्ने क्रममा झपेन्द्रले ज्यान मार्ने धम्की दिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

हत्या गरिएकाहरुमा ४० वर्षीय माधवसहित, उनकी श्रीमती जानकी मुसहर ३७ बर्ष, कोषराज मुसहर १४ वर्ष, करण चौधरी १७ वर्ष र आशिष चौधरी १७ वर्षमा रहेका छन् । पोषराजलाई माधवले धर्मपुत्रको रुपमा पालेको पाइएको छ । घटनामा मृत्यु भएका सबै तिलोत्तमा नगरपालिकाकै हुन् । हत्यामा संग्लन सिँजाली भने सुर्खेका रहेको बुझिएको छ ।

करण र आशिषबाहेक अन्य तीनजना भैँसीफार्ममा काम गर्दै आएका थिए । करण र आशिष कामदार नभएर फर्ममा बस्न गएका रुपन्देहीका प्रहरी प्रमुख हेम बहादुर थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *