शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

यशोदादेवी भगवानसिंह मेमोरियल ट्रस्ट द्वारा नुवाकोटमा स्वास्थ्य सामाग्री प्रदान

– किरण अधिकारी 
नुवाकोट, कोरोना भाइरस (कोभिड-१९)को सम्भावित जोखिमलाई न्यनिकरण गर्न भन्दै नेपाल सरकारले यतिवेला ‘लकडाउन’ गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको यो भाइरसको नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म ९ जना व्यक्ति संक्रमित देखिएका छन् ।

सम्भावित संक्रमणको जोखिमबाट बच्न स्वास्थ्यकर्मीहरुले लगाउने पीपीई र मास्कको नेपालभर नै अभाव भईरहेको बेला नुवाकोटमा यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री उपलब्ध गराएको छ ।

ट्रस्टले बुधबार जिल्ला समन्वय समिति प्रमुख सन्तमान तमाङ, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको उपस्थितिमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर पी. घिमिरे र त्रिशूली अस्पतालका प्रमुख डा. रेमकुमार राईलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

ट्रस्टका प्रमुख संरक्षक नेपाली काँग्रेसका प्रभावसालि नेता केन्द्रिय सदस्य अर्जुननरसिंह केसीको उपस्थितिमा ट्रस्टका अध्यक्ष, नेपाल चिकित्सा सङ्घका पूर्व अध्यक्ष तथा प्रजातान्त्रिक बिचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसी र नुवाकोट नेपाली काँग्रेस जिल्ला सभापती, संविधानसभा सदस्य पूर्व माननिय संसद तथा यसै संस्थाका महासचिव जगदीश्वर नरसिंह केसीले ८८ वटा पिपिई, ६०० थान ग्लोब, ५००० पिस सर्जिकल मास्क र एक हजार दुईसय थान स्यानिटाइजर उपलब्ध गराएका हुन् । जिल्लाका सबै अस्पताल, प्राथमिक, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकी, सबै गाउपालिकाहरु र २ नगरपालिका लाई ४००/४०० सयका दरले माक्स र प्रत्यक स्वास्थ चौकिमा कम्तीमा एक एक वटा पुग्ने गरी पिपिई र अन्य सामग्री उपलब्ध गराइएको छ ।

यसैगरी ट्रस्टले आजै कोरोना नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर काम गर्ने प्रहरी र सशस्त्र प्रहरी तथा नेपाल पत्रकार महासङ्घ मार्फत पत्रकार पत्रकारहरू र नेपाल ट्रेड युनियन काँग्रेसमार्फत मजदुरहरूलाई पनि मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *