आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

निरु खड्का अभिनित तथा निर्देशित ,‘बिछोडको पीडालाई भुलेर’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

निरु खड्का निर्देशित ‘बिछोडको पीडालाई भुलेर’ बोलको गीतको  म्यूजिक भिडियो सार्वजनिक भएको छ । मनोरम दृश्यहरु कैद गरिएको भिडियोको गीतमा सुशिला सावदेनको आवाज रहेको छ भने शब्द मणी आर बस्नेत  र संगीत बालन्द राईको रहेको छ । धेरै पछि नामक एल्बममा समावेश उक्त गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन ।

साथै उनीसँगै अभिनयमा कलाकार श्रीराम र राघवले साथ दिएका छन् । भिडियोमा माधव बेल्वासेको सम्पादन, सागर गौतमको छायांकन रहेकोछ । थुप्रै चलचित्र टेलिसिरियल तथा विज्ञापनहरुमा अभिनय गरेर सफलता कमाएकी निरु खड्का पछिल्लो पटक निर्देशनमा समेत व्यस्त हुन थालेकी छिन ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *