आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

कलाकार हरि विष्टले गरे जन्मदिनमा सामाजिक कार्य,धुर्मुस सुन्तली फाउण्डेसन र सुर्खेत उद्योग वाणिज्य संघको राहत कोषलाई नगद सहयोग

आफ्नो जन्म दिनको अवसरमा रमाईलोका लागी खर्चालु मनोरन्जनात्मक कार्यक्रम भोज भतेर लगायत रेष्टुरेन्टमा गरिने फजुल खर्चलाई कटौती गर्दै सामाजिक कार्यमा योगदान दिने प्रचलन बढ्दै गएको छ । यसै अनुरुप कलाकार, खेलाडि, व्यवसायी तथा नेपाल तरूणदल सुर्खेतका अध्यक्ष समेत रहेका हरि बिष्टले आफ्नो जन्मदिनको अवसरमा हुने अनावश्यक खर्च कटौती गर्दै सामाजिक कार्यमा लगाएका छन ।

आज परेको जन्मदिनको अवसरमा धुर्मुस सुन्तलि द्वारा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगाशालालाई रु. एकाउन्न हजार एक सय एघार रूपैंया तथा सुर्खेत उधोग वाणिज्य संघको व्यावसायिक राहत अक्षकोषलाई रू. एकाउन्न हजार एक सय एघार रूपैंया गरि जम्मा एक लाख दुई हजार दुई सय दुई रुपैंया सहयोग गरेका छन । धर्तिमा पाईला टेकाउने आफ्नो भगवान रूपि माता सेतु बिष्ट र पिता धन बहादुर बिष्टको पाउमा सिर टेकाउंदै उक्त रकम सहयोग गरेको बिष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *