बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

महिला चेम्बरद्धारा बिद्यार्थी लक्षित मनोपरामर्श कार्यक्रमको आयोजना

ललितपुर, २४ ज्येष्ठ – नेपाल महिला चेम्बरले पूल्चोक स्थित मदन स्मारक उमाविका बिद्यार्थीलाई लक्षित गरि आत्म रक्षा तालिम योग तथा मनो परामर्श कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम ज्येष्ठ२५ गतेबाट शुरु हुदैछ । यसै माझ ज्येष्ठ २४ गते शुक्रवार कार्यक्रमको उदघाटन गरिएको छ । मदन स्मारक बिद्यालय प्राङ्णमा आयोजित एक कार्यक्रम माझ पूर्व मन्त्री तथा सांसद पम्फा भुसालले सो कार्यक्रमको उद्घाटन गरिन । ततपस्चात कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्व मन्त्री भुसालले बिकाससँगसगै सामाजिक सुरक्षामा चुनौती थपिदै गएको औंल्याउदै अपराध र हिँसालाई न्यूनिकरण गर्न आत्म सुरक्षा, योग र मनो परामर्श कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यस्ता जीवन उपयोगी कार्यक्रम मार्फत समाजमा शान्तिसुरक्षा कायम राख्न सरोकारवालाहरु एकजुट हुनुपर्ने बताईन ।

पूर्व मन्त्री सुशिला नेपालले आत्म सुरक्षा, योग र मनो परामर्शले किशोर किशोरीको मनोबल उच्च राख्न सहयोग पुग्ने हुँदा यस किसिमको कार्यक्रमबाट उनीहरुको शारिरिक एबम मानसिक स्वास्थको अवस्थामा टेवा पुग्ने विश्वास ब्यक्त गरिन् ।
त्यसैगरि नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले महिला हिँसाको घटनालाई न्यूनिकरण गर्न शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै महिला चेम्बरले किशोर किशोरीलाई लक्षित गरि शिक्षाप्रद कार्यक्रमको स्वरुपमा एकै साथ आत्म सुरक्षा, योग र मनो परामर्श कार्यक्रमको आयोजना गरेको बताईन ।

कार्यक्रममा मदन स्मारक उमाविका सहायक प्राध्नाध्यापक मन्जु श्री प्रधान, नेपाल हाप्कीडो संघका अध्यक्ष एनिप महर्जन, महासचिव महेश बज्राचार्य, पतन्जलि योग पिठका योग गुरु शारदा रिमाल, मनोविद् कृपा सिग्देल, नेपाल महिला चेम्बरका उपाध्यक्ष अम्बिका शर्मा, सचिव लिमा अधिकारी, शिक्षा समिती संयोजक प्रा डा। सुश्मा आचार्य, सदस्य प्रिथबिन्दु महर्जन लगायतले मन्तब्य धारणा राखेका थिए ।
कार्यक्रममा करिब १५० बालबालिकाको ऊपस्थिती रहेको थियो भने हाप्कीडो संघले मिलिटरी मिक्स मार्शल आर्टस प्रदर्शनी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *