काठमाडौँ — चैत्र २६ ।
फिल्म ‘पद्मावत’, ‘शिम्बा’ र ‘गली ब्वाय’ जस्ता सुपरहिट फिल्ममा काम गरिसकेका अभिनेता रणवीर सिंह यति बेला बलिउडकै व्यस्त नायकमा पर्छन् ।
साथै उनले वर्ष २०१८ मा सर्वाधिक कमाइ गर्ने फिल्मका अभिनेताको रुपमा पनि आफ्नो पहिचान बनाइसकेका छन् । रणवीर सिंहलाई निरन्तर मिलिरहेको सफलताका कारण बलिउडका ठूला प्रोडक्शन कम्पनीले यतिबेला उनका साथ काम गर्न खोजिरहेका छन् ।
यसैबीच रणवीर सिंहले यसराज ब्यानरको नयाँं फिल्म साइन गरेको खबर सार्वजनिक भएको छ । उक्त फिल्म निकै नै ठूलो लगानीमा निर्माण हुने चर्चा पनि यतिबेला भइरहेको छ । यसका साथै यस फिल्ममा रणवीर सिंहको जोडीको रुपमा अनुबन्धित हुने अभिनेत्रीको पनि चर्चा भइरहेको छ ।

यशराजको आगामी फिल्ममा पूर्व मिस वर्ल्ड मानुषी छिल्लरको अभिनय रहेको बताइएको छ । खबरहरुका अनुसार रणवीर सिंह र मानुषी छिल्लरको नाम यशराजको अब बन्ने फिल्मका लागि फाइनल भइसकेको छ । फिल्मको निर्देशन मनीष मल्होत्राले गर्नेछन् । यतिबेला रणवीर र मानुषी अरु प्रोजेक्टमा व्यस्त भएका कारण फिल्मको छायाँकन केही समय पछाडि मात्रै शुरु गरिनेछ ।
पूर्व मिस वर्ल्ड मानुषी छिल्लरको यो दोस्रो फिल्म हुनेछ । किनकि मानुषी निर्देशक तथा कोरियोग्राफर फराह खानको फिल्ममार्फत बलिउड डेब्यू गर्ने तयारीमा छिन् । उक्त फिल्मको निर्माण रोहीत शेट्टीले गर्ने बताइएको छ । यस फिल्मको काम सकिएलगत्तै मानुषीले यशराज ब्यानरको फिल्मको काम सुरु गर्ने बताइएको छ ।
(उज्यालो अनलाईन)
