बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

निर्मला हत्याप्रकरणमा प्रहरी अधिकृतसहित ६ जनाबाट धरौटी रकम माग

कञ्चनपुर—फागुन ३०।

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्याकाण्ड प्रकरणमा ‘यातना र सार्वजनिक न्याय’ बिरुद्धको कसुरमा कञ्चनपुर जिल्ला आदालतले लाखौँ धरौटी रकम असुल्न आदेश दिएको छ ।

जिल्ला आदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीका अनुसार जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल एजलासले बिहीबार गरेको फैसला अनुसार यातना तथा सार्वजनिक कसुर दुई छुट्टाछुट्टै मुद्दामा प्रतिवादीबाट धरौटी रकम असुल्न आदेश दिएको हो ।

आदालतले कञ्चनपुरका पूर्व डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काबाट यातना मुद्दामा पाँच/पाँच लाख र सार्वजनिक कसुर मुद्दामा चार/चार लाख गरि प्रतिव्यक्ति ९ लाख रुपैयाँ असुल्न आदेश दिएको हो ।
सार्वजनिक मुद्दा अन्र्तरगत प्रहरी निरीक्षक जगदिश भट्ट चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिंह धामी ३ लाख ५० हजार, राम सिंह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउदबाट दुई लाख ५० हजार रुपैयाँ असुल्न आदेश दिएको हो । पूर्व प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र डिएसपी अंगुर जिसीलाई भने आदालतले यस अघि नै आदालतमा हाजिर हुन पत्र नै काटिसकेको थियो । उनीहरुको हकमा कुनै आदेश जारी गरेको छैन ।

४ भदौँमा सार्वजनिक गरिएका ४१ वर्षीय दिलिप सिंह विष्टका दाजु खड्क सिंह विष्टले पूर्व कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, प्रहरी उपरीक्षक ज्ञान बहादुर सेठी, सिआईबीका डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक एकेन्द्र खड्का बिरुद्ध यातना कसुर सम्बन्धी मुद्दा दायर गरेका थिए । उनीहरुले आजै पाँच बजेभित्र धरौटी जम्मा गर्न नसके जेल चलान गरिने छ । जहिले धरौटी रकम तिर्न सक्छन्, त्यहीले उनीहरु मुक्ती पाउनेछन् ।

(नयाँ पत्रिका)

Leave a Reply

Your email address will not be published. Required fields are marked *