बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

सिके राउतसँग गरिएको सम्झौता खारेजीको माग गर्दै नेविसंघ सडक प्रदर्शनमा

काठमाडौं—फागुन २८।

नेपाल बिद्यार्थी संघले पृथकतावादी आन्दोलन गरी रहेका सिके राउतसंग सरकारले गरेको सम्झौता खारेज गर्न माग गर्दै आज काठमाडौका क्याम्पस अगाडि प्रदर्शन गरेका छन् ।

उनीहरुले सम्झौता राष्ट्रघाती भएको भन्दै सम्झौता खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएकाछन् ।

त्रिचन्द्र, शंकरदेव, पशुपति, रत्नराज्यलगायत क्याम्पस अगाडिबाट नेपाल बिधार्थी संघले बिरोध प्रदर्शन गरेको हो ।

सम्झौतामा देश टुक्र्याउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी जनअभिमत भनिएकाले यो कुनै हालतमा मान्य नहुने भन्दै सम्झौता खोरेज गर्नु पर्ने नेबिसंघको माग छ ।

उनीहरुले सरकारले नै राष्ट्रिय अखण्डतामाथि प्रहार गरेको आरोप लगाएकाछन् ।

देश टुक्र्याउन पाईदैन, देश सबैको साँझा हो, सिके राउतसंगको सम्झौता खारेज गर, सिके राउतलाई कारवाही गरलगायतका नारा र प्लेकार्डसहितको नेबिसंघको बिरोध र्‍याली त्रिचन्त्र क्याम्पस अगाडि आएर कोणसभामा परिणत भएको थियो ।

उनीहरुले नेपाली जनताको हित र जनचाहना अनुसार कसैलाई सम्झौत गर्ने छुट नभएको भन्दै सम्झौता तत्काल खारेज नगरे देश व्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

(ईमेज खबर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *