कञ्चनपुर—फागुन २२।
भतिजले बञ्चरो प्रहार गरि कञ्चनपुरमा आफ्नै काकाको हत्या गरेका छन् ।
भीमदत्त नगरपालिका–१३ बडैपुरका सिवी लुहारले काका गोरे लुहारमाथि बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । २० फागुन महाशिवरात्रीको राती भाङ र मदिरा सेवन गरेका सिवीले जमिनको विषयलाई लिएर ६१ वर्षीय काकाको टाउकोमा बन्चरो प्रहार गरेका थिए ।
भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष शंकर उपाध्यायले घरमै बसेका गोरेमाथि एक्कासी आएर सिवीले तीन पटक उल्टो तर्फवाट बन्चरो प्रहार गरेको जनाए ।
घाइते गोरे्लाई महाकाली अञ्चल अस्पताल हुँदै भारतीय तपन र बरेली उपचारका लागि लगिएको थियो । बरेली अस्पतालका भारतीय चिकित्सकले उपचार सम्भव नभएका बताएपछि उनलाई घर ल्याइएको थियो । गएराति गोरेको मृत्यु भएको छ ।
गोरोको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बन्चरो प्रहार गर्ने सिवी पक्राउ परिसकेका छन् । सिवीको म्याद थपेर घटनाको अनुसन्धान भइरहेको कञ्चनपुरका प्रहरी प्रवक्ता कृष्णराज ओझाले बताए ।
