आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

सुमधुर आवाजकी गायिका बसन्ती लामाको तामाङ सेलो ‘नक्कली कान्छी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं— २८, माघ ।

पछिल्लो समयमा नेपाली गीत संगीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाईसकेकी गायिका वसन्ती लामाको आवाजमा नयाँ तामाङ सेलो सार्वजनिक भएको छ।

सार्वजनिक भएको ‘नक्कली कान्छी’ बोलको गीतमा वसन्ती लामालाई बाबुल गिरीले साथ दिएका छन । गायिका लामाले करिब दर्जनौ गीतमा आफ्नो सुमधुर आवाज भरिसकेकि छिन ।

गायक बाबुल गिरीको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोमा कोरियोग्राफी भारुण तामाङ र शरुती तामाङले गरेका छन् भने नबिन धितालले भिडियो छायांकन तथा सम्पादन गरेका छन् ।

हाईलाइट्स नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको यस गीतको म्युजिक भिडियोमा शरुती तामाङ र उमंग तामाङको दमदार अभिनय रहेको छ ।

भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *