नेपालीहरुको दोश्रो महान चार्ड तिहार नजिकै आएको छ । तिहारलाई विशेष गरेर फूलमालाको पर्वको रुपमा पनि चिन्ने गरिन्छ । विशेष गरेर लक्ष्मीको पुजा तथा दिदीबहिनीको हातमा टिका ग्रहण साथै देउसी भैली खेल्नु तिहारका विशेषता हुन । तिहारमा झिलीमिली बत्ति बालेर लक्ष्मीको पूजा गरे लक्ष्मीको कृपा प्राप्त हुने किंबदन्दी चलिआएको छ ।
तिहारमा यस सम्बन्धी गीत सङ्गीतले पनि चर्चा पाउने गर्दछन् । यसै मेसोमा गायिका इन्दिरा भट्टराईले लक्ष्मी भजन श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । सागर अधिकारीको शब्द सङ्गीत रहेको उक्त भजन हर्ट अफ हिमालय म्युजिक एन्ड ट्रेजरले बजारमा ल्याएको हो । भजनको भिडियोमा आर्यन विमलीले छायाँकन छ भने सञ्चारकर्मी कमल फुयाँलको निर्देशन तथा सम्पादन छ ।
भिडियोमा ग्रेसियन सापकोटालाई लक्ष्मीको अवतारमा देखाउन खोजिएको छ । साथमा गणेश सापकोटा, सपना गिरी, सरीता बस्नेत लगायतको अभिनय देख्न सकिने छ ।
