काठमाडौं । गायक रवि सुवेदीको स्वरमा रहेको ‘दिन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक सुवेदी संगै गायिका प्रकृति बास्कोटाको युगल गायनमा तयार भएको गीत प्रशान्त मान श्रेष्ठको शव्दमा तयार भएको गीतको भिडियो ओएसआर डिजिटलको युट्यूब च्यानल बाट सार्वजनिक भएको हो । आकाश केएमको संगीत रहेको गीतलाई दिपेश सिंहले एरेन्ज गरेका छन । गीतमा प्रशान्तले र्याप समेत दिएका छन ।
लामो समयदेखि अमेरिकामा वसेर नेपाली गीत संगीतको प्रवद्र्धनका लागि सक्रिय गायक सुवेदीले थुप्रै गीतहरु बजारमा सार्वजनिक भैसकेका छन ।
गायनसंग संगै अभिनयमा समेत निरन्तरता दिएका सुवेदीको सार्वजनिक गीतको भिडियोमा स्वयं उनलाई देख्न सकिन्छ भने उनलाई अभिनयमा प्रशान्त श्रेष्ठ र उजिता बज्राचार्यले साथ दिएका छन ।
बसन्त महर्जनले छायांकन गरेको भिडियोलाई सम्पादन तथा निर्देशन प्रशान्तकै रहेको छ ।
