आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

नायक संजित भण्डारीलाई स्पाईनी व्याबलर फिल्म फेस्टिवलमा सर्वोत्कृष्ट नायकको अवार्ड

स्पाइनी व्याबलर फिल्म फेष्टिवलमा नेपाली चलचित्र तर्फ चलकलेटी नायकको उपमा पाएका नायक संजित भण्डारीले सर्वोत्कृष्ट नायकको अवार्ड हात पार्न सफल भएका छन । यस अघि चलचित्र लम्फुबाट राष्ट्रिय अन्तराष्ट्रिय गरि १ दर्जन बढि अवार्ड जित्न सफल भैसकेका भण्डारीको पछिल्लो चलचित्र आंधी तुफान- २को छायांकन हिजो मात्र सम्पन्न भएको थियो । उनका केहि बिग व्यानरका प्रोजेक्टहरु पनि आउने तयारीमा रहेको छ ।
स्पाइनी मुभिजको प्रस्तुतीमा आयोजना गरिएकोे स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ मा पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानेडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट १२५ भन्दा बढी लामा तथा छोटा चलचित्रहरुको सहभागीता रहेको थियो । फेष्टिवलमा कुईनेटो लगायत अन्य लामा तथा छोटा चलचित्र र डकुमेन्ट्रिहरु सर्वोत्कृष्ट बन्न सफल भएका छन् । राजधानीमा अगष्ट १८ मा सम्पन्न गरिएको कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ठ चलचित्र लेखक, निर्देशक एवं कलाकार मोहन निरौला, नायक धिरेन शाक्य, बिजय रत्न तुलाधर, बरिष्ठ गीतकार तथा पत्रकार शान्तिप्रिय , पत्रकार सुमन बैरागी, सुर्यचन्द, ज्योती प्रकाश लगायत नेपाली चलचत्रि तथा गीत संगीत क्षेत्रमा कार्यरत कलाकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

नेपाली चलचित्रको प्रवद्र्धन लागी विभिन्न कार्यक्रहरु आयोजना गर्दे आएको स्पाइनी मुभिजले नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय स्तरसम्म लैजाने र आफ्नो कला संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्य लिएर पहिलो पटक यस किसिमको फेष्टिवलको आयोजना गरेको आयोजक समितिका अध्यक्ष डा. हुस्नेत आजादले बताएका छन् । गत मे १ मा सम्पन्न हुन पर्ने कार्यक्रम कोभिड -१९ का कारणले स्थगित भएको थियो । सिमित कलाकर्मी र संचारकर्मीहरुको विचमा अगष्ट १८ मा एक समारोहका विच कार्यक्रम समापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *