शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

नेपालमा पछिल्लो २४ घण्टामा ७,२२० जना नयाँ कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ७,२२० जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

१९ हजार ८ सय ४६ जनाको पीसीआर रिपोर्ट परीक्षण गरिएकोमा सो संख्यामा नयाँ संक्रमित फेला परेका हुन।

सोही अवधिमा ७,१३५ जनाले कोरोनालाई परास्त गरेका छन्। यस्तै, पछिल्लो २४ घण्टामा १८५ जना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रिमतको संख्या १ लाख १५ हजार ४ सय ४७ जना रहेका छन्।

आज थपिएका कोरोना संक्रमित मध्ये काठमाडौं उपत्यकामा धेरै छन्। उपत्यकामा एकैदिन दुई हजार ७ सय ९३ जनामा संक्रमण पुष्टि भएको हो।

जस मध्ये काठमाडौंका एक हजार ८ सय ६ रहेका छन्। यस्तै, भक्तपुरमा २ सय ९८ र ललितपुरमा ६ सय ८१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *