बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो संख्या ४४ सय १६ जनाको पीसीआर परीक्षण गर्दाको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७६ हजार ६ सय ६५ पुगेको छ ।

त्यस्तै कोरोना सङ्क्रमणका कारण थप चार जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४४ सय १६ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार तीन सय ४२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *