काठमाण्डौ उत्तर पूर्वी क्षेत्रको गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसिगाउँमा संचालित भेनस नेसनल कलेजले हार्टेनिंङ मिट २०२१ कार्यक्रममा भेनस नेसनल कलेजको ब्राण्ड एम्बेसडरको रुपमा चरिचित गायक संगीतकार तथा कम्पोजर थानेश्वर गौतमलाइ चयन गरिएको छ । चैत्र ७ गते शनिबार पिस ब्यांकेट जोरपाटीमा आयोजित एक कार्यक्रमका बीच भेनस पब्लिक स्कुलका अध्यक्ष पेमाछिरी शेर्पा र कलेज प्रमुख कृष्ण गौतमले उनलाई कलेजको तर्फ बाट उनलाई एम्बेस्डरको रुपमा सम्मानित गरेका हुन्।

।असल संस्कार सहितको शिपमुलक व्यावहारिक शिक्षालाइ आत्मसाथ गरि सोहि अनुरुप सर्व सुलभ र गुणस्तरीय शिक्षाका लागि (एम टु एम) अर्थात् मन्टेश्वरी देखि मास्टरसम्म शिक्षा दिने नीति अनुसार अघि बढिरहेको क्याम्पसले लामो समय देखि समाजलाई बिभिन्न क्षेत्रबाट योगदान दिने विशिष्ट ब्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।शास्त्रीय संगीतमा स्नातक गरेका गौतम बागलुङमा जन्मिएका हुन् ।

सानैदेखि लोक गीत÷संगीतसँगै हुर्किएका उनलाई सानैदेखि शास्त्रीय र क्लासिकल संगीतले छोएको बताउछन । त्यसैले पनि उनले शास्त्रीय संगीतमै मास्टर गरेका छ । उनले संगीतमा धेरै विधामध्ये गजललाई नै प्राथमिकता दिदै आएका छन। भेनसले आफुलाई ब्रान्ड एम्बेसडरको रुपमा चयन गरेकोमा खुसि ब्यक्त गरेका छन ।
