बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

राष्ट्रपति विद्यादेवीको दुईदिने बंगलादेशको भ्रमणमा विभिन्न १३ वटा सम्झौता पत्रमा हस्ताक्षर हुने

राष्ट्रपति विद्यादेवीको दुईदिने बंगलादेशको भ्रमणको क्रममा विभिन्न १३ वटा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ ।

सोमवारदेखि हुने राष्ट्रपति भण्डारीको दुईदिने बंगलादेशको भ्रममा विभिन्न १३ वटा सम्झौता पत्रमा हस्ताक्षर हुने सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता गुरुङले भने- ‘भ्रमणका क्रममा विभिन्न १३ वटा सम्झौतापत्रमा हस्ताक्षर गरिने छ । भ्रमणका सांस्कृतिक सम्बन्ध, पर्यटन, कृषी तथा पशुपंक्षी र विषादीको क्षेत्रमा सम्झौता गर्ने निर्णय भएको छ । रेलवे, रोड सडक, यातायात र बन्दरगाहलाई नेपालसँग जोड्ने विषयमा छलफलह हुने र बंगलादेशले नेपालमा विद्युत खरिद गर्न गरिरहेको पहलबारे पनि छलफल हुनेछ ।’

राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि सोमवार बंगलादेश प्रस्ताथ गर्नेछिन् । भने मंगलवार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *