शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

कक्षा ११का विद्यार्थीहरुलाई स्वागत तथा १२का विद्यार्थीहरुलाई बधाईका साथै वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्दै भि.एस कलेज

काठमाण्डौको चाबहिलमा रहेको विनायक सिद्वि कलेजले कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुको लागि स्वागत साथै कक्षा १२ का विद्यार्थीहरुलाई बधाई कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम यहि फागुन २१ गते शुक्रबारको दिन बिहान १०ः०० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने भएको छ ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा संञ्चार तथा सुचना प्रविधि मन्त्री माननीय पार्वत गुरुङ आउने भएका छन् । कलेजका क्याम्पस प्रमुख सिम्खडाले बताए अनुसार कार्यक्रमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा कक्षा १२का विद्यार्थीहरु लाई बधाई कार्यक्रम आयोजना गरेको बताउनु भयो ।


साथै सो कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त र राष्ट्रको लागि योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिने विनायक सिद्वि कलेजका क्याम्पस प्रमुख सिम्खडाले बताउनु भयो ।त्यस्तै कार्यक्रममा राष्ट्रिय कलाकार सुगम पोखरेल लगायत कलेजमा पढ्ने विद्यार्थी भाईबहिनीहरुको प्रस्तुतिहरु रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *