शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

नेप्से आज ५९.७० अंकले घटेर दुई हजार चार सय ५५ दशमलब ३३ विन्दुमा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) भारी गिरावट आएको छ । सोमबार नेप्से ४०.५४ अंकले नेप्से बढेर दुई हजार पाँच सय १५ दशमलब ०३ विन्दुमा पुगेको थियो ।        

नेप्सेका अनुसार आज ५९.७० अंकले नेप्से घटेर दुई हजार चार सय ५५ दशमलब ३३ विन्दुमा पुगेको छ भने ६ अर्ब ११ करोड ९६ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका समूहमध्ये दुई समूह बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।   
  
आज शेयर बजार राताम्मे भएपनि तीन कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स, साल्ट ट्रेडिङ कर्पोरेशन र हिमालयन पावर पार्टनर रहेका छन् । चन्द्रागिरी हिल्सको ९.८९ प्रतिशतले शेयरमूल्य बढेको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन ९.९९ प्रतिशतले शेयरमूल्य बढेको छ भने  हिमालयन पावर पार्टनरको ८.८९ प्रतिशतले शेयरमूल्य बढेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *