बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको प्रयासलाई प्रभावकारी बनाउनका लागि कार्यकारी आदेश जारी

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको प्रयासलाई प्रभावकारी बनाउनका लागि कार्यकारी आदेश जारी गरेका छन् ।

बाइडेनले बुधबार मात्रै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिएका थिए ।

कार्यकारी आदेश अनुसार खोप अभियानलाई तीव्रता प्रदान गरिने छ भने परीक्षणको दायरा बढाइने छ ।

मास्कसहितका अत्यावश्यक सामग्रीको उत्पादन बढाउनका लागि आकश्मिक कानून लागु गरिने भएको छ ।

कोरोना भाइरसविरुद्धको अभियानका लागि १० अभियानको घोषणा गर्दै राष्ट्रपति बाइडेनले महामारीमाथि विजय प्राप्त गर्न केही महिना लाग्ने भए पनि अमेरिका यसबाट बाहिरि निस्कने बताए ।

तर त्यसका लागि नागरिक एकतावद्ध हुनु पर्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *