आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आज (सोमबार) नेप्से दोहोरो अंकले बढेर ६ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दोहोरो अंकले बढेको छ । साताको दोस्रो दिन आज (सोमबार) नेप्से दोहोरो अंकले बढेको हो । 

आज नेप्से १७.३१ अंकले बढेर दुई हजार तीन सय ३२ दशमलब ३१ विन्दुमा पुगेको छ भने ६ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 
          
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर समूह बाहेक अन्य समूह बढेका छन् । आज सबैभन्दा धेरै लगानीकर्ताको आकर्षण व्यापार तथा होटल उपसमूहतर्फ देखिएका छन् । व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ६.५८ प्रतिशतले वृद्धि भएको छ भने यसपछि होटल उपसमूहको सूचक ५.८२ प्रतिशतले वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *