शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै

संसद विघटनको विरोधमा प्रमखि प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दैछ ।

देशका १६५ वटै निर्वाचन क्षेत्रमा आज एक साथ प्रदर्शन हुने कांग्रेसले जानकारी दिएको छ ।

हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा हुने कांग्रेसले जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

महामन्त्री डा. शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्नेछन् भने पूर्व महामन्त्री प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशीले बसन्तपुर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्ने जनाइएको छ ।

पार्टी प्रवक्ता शर्माका अनुसार आज काठमाडौंका १५ ठाउँमा सभा र प्रदर्शन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *