शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

बेलौरी नगरपालिकामा १ साता लकडाउन

कञ्चनपुरको बेलौरी नगरपालिकामा एक हप्तासम्मका लागि निषेधाक्षा जारी गरिएको छ।

कोरोना संक्रमण बढ्दै गएपछि बेलौरी नगर भित्र संक्रमण न्युनिकरणका लागि पुस ५ गते आइतबार देखि पुस ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बेलौरी नगरपालिकाले जनाएको हो।

शनिबार दिउँसो बेलौरी नगर कार्यपालिकाको बैठक बसी बेलौरी नगर क्षेत्र भित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था, वित्तिय संस्था, शिक्षण संस्था, व्यापारिक व्यवसाय, सीमा नाका र सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख पोतिलाल चौधरीले बताए।

औषधालय, आयल स्टोर तथा उखु किसानका उखु ढुवानी साधन भने खुला रहने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *