शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

सरकारले सवारी साधनको विवरण १५ दिनभित्र महालेखा कार्यालयमा अभिलेखीकरण गराउन निर्देशन

 सरकारले सवारी साधनको विवरण १५ दिनभित्र महालेखा कार्यालयमा  अभिलेखीकरण गराउन निर्देशन दिएको छ । सरकारी सवारी साधनको प्रयोगलाई व्यवस्थित गर्न सबै मन्त्रालय तथा निकायहरूलाई सवारी साधनको विवरण सो अवधिभित्र ‘पब्लिक एसेट म्यानेजमेन्ट सिष्टम’ (पीएएमएस) मा प्रविष्ट गर्न निर्देशन दिएको हो ।

साथै चारपाङ्ग्रे सवारी साधन तथा तिनको प्रयोगकर्ताको पूर्ण अद्यावधिक विवरण तीन दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउन समेत निर्देशन दिएको छ । र यसको अनधिकृत प्रयोग रोक्न समेत निर्देशन दिएको हो ।  गते २२ गते प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका मुख्य सचिव बैठकले गरेको निर्णय मन्त्रालयहरूले आफू मातहतका विभाग तथा कार्यालयहरूलाई आज शुक्रबार यस्तो निर्देशन दिएका हुन् । 

हालसम्म सरकारी सम्पत्तिको अभिलेखीकरण नहुँदा कुन मन्त्रालय तथा निकायसँग कति सवारी साधन छ भन्ने विवरण सम्बन्धित मन्त्रालयसँग पनि छैन । चालु आवदेखि सरकारी सम्पत्तिको अभिलेखीकरण गर्ने कार्य शुरु गरिएको महालेखा नियन्त्रक मधुकुमार मरासिनीले जानकारी दिए । उनले भने ‘हामीले सरकारी सम्पत्तिको अभिलेखीकरण शुरु गरेका छौं,’ कसको कति तथा सरकारी सम्पत्ति कति हो भन्न अहिले भन्न सकिने अवस्था छैन । काम भइरहेको छ ।’

मालसामानको खरिद तथा लिलामीलाई व्यवस्थित, प्रभावकारी एवम् गुणस्तरीय बनाउन तथा अति विशिष्ट एवम् विशिष्ट पदाधिकारीको सवारी साधनलगायत मुख्य मुख्य सामग्रीको आपूर्ति व्यवस्थापन र सहजीकरण गर्न आवश्यक देखिएको सरकारी खरिद सेवा कार्यालयको कार्यविवरण, संगठन संरचनालगायतका विषयमा सुझाव दिन महालेखा नियन्त्रकको संयोजनमा समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *