शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

बेलायतले १४ दिन सेल्फ–आइसोलेसन तथा क्वारेन्टिनमा रहनुपर्ने नियमलाई १० दिन कायम गर्ने

बेलायतले विदेशबाट आउने यात्रुहरू र कोभिड–१९ सङ्क्रमित व्यक्तिलाई लक्षित गरी १४ दिन सेल्फ–आइसोलेसन तथा क्वारेन्टिनमा रहनुपर्ने नियमलाई १० दिन कायम गर्ने जानकारी दिएको छ ।

वेल्समा यस पहिल्यै यो नियम लागु गरिएको छ। अब भने संयुक्त अधिराज्य (बेलायत) का इङ्ल्याण्ड, स्कटल्याण्ड, उत्तरी आयरल्याण्ड तीनै राज्यमा कोभिड नियन्त्रणका लागि लिइएको नयाँ नियम सोमबारदेखि लागु हुनेछ।

कोभिड–१९ का विरामीहरूको समस्यालाई चिकित्सकीय विधिबाट अनुसन्धानपछि १० दिन मात्र क्वारेन्टिन बस्नुपर्ने नियम लागु गर्दा कुनै फरक नपर्ने ठहर बेलायतले गरेको हो।

कार्डिफ, एडिनबर्ग र बेलफास्टको सरकारहरूले भने आफ्नै स्वास्थ्य नीति तय गरेका छन् र भाइरसको फैलावट रोक्न विभिन्न प्रतिबन्धहरू लागू गरेका छन्।

सङ्क्रमण नियन्त्रणका लागि क्वारेन्टिन र सेल्फ आइसोलेसन बस्नु महत्वपूर्ण भएको उनीहरूले बताए।

बेलायतमा विगत २८ दिनमा सङ्क्रमित ५१६ जनाको मृत्यु भएको र अहिलेसम्म कोभिड–१९ सङ्क्रमित ६३ हजारभन्दा बढीको मृत्यु भएको छ।

बेलायतमा कूल सङ्क्रमितको सङ्ख्या करिब १८ लाख पुगेको छ। यो हप्ताको सुरूमा सरकारले फाइजर र बायोएनटेकद्वारा उत्पादन गरेका कोभिड–१९ विरुद्धका खोपलाई मान्यता दिएपछि देशभरका ७३ अस्पतालमा एकै पटक खोप सेवा सुरू गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *