आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो विवरणसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६६९४ पुगेको छ।

आज कोरोनाबाट नेपालमा थप ११ जनाको मृत्यु भने हाल सम्म मृत्यु हुनेको संख्या १६७४ पुगेको छ।

यस्तै, आज नेपालमा थप १२७१ जना कोरोना संक्रमित निको भएका छन्।

गत २४ घण्टामा ७ हजार ४ सय १४ जनाको पीसीआर परीक्षण भएको छ। यो सँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १८ लाख २० हजार ६ सय १८ पुगेको छ।

हाल ५ सय १९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *