आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरमा कोरोना भाइरस संक्रमण पुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

ट्रम्प जुनियरमा संक्रमण पुष्टि भएको उनका प्रवक्ताले बताएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

४२ वर्षका ट्रम्प जुनियरलाई यो हप्ताको सुरुमा संक्रमण पुष्टि भएको र त्यसपछि उपचार गरिएको उल्लेख छ ।

अहिले उनी आफ्नै क्याबिनमा क्वारेन्टिमा रहेको प्रवक्ताले जनाएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘अहिलेसम्म कुनै पनि लक्षण देखिएको छैन । उहाँले कोभिड–१९ सम्बन्धी सबै स्वास्थ्य नियमहरु पालना गर्नु भएको छ ।’

उनकी प्रेमिका किम्बर्ली गिलफोयल गएको जुलाईमा संक्रमित भएकी थिइन् । त्यो बेला ट्रम्प जुनियर संक्रमित भएका थिएनन् ।

राष्ट्रपति ट्रम्प, प्रथम महिला मिलानिया तथा कान्छो छोरा ब्यारोनलाई यसअघि नै संक्रमण भएको थियो ।

यस्तै शुक्रबार ट्रम्पका विशेष सहयोगी एन्ड्रयू जुलियानी संक्रमित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *