काठमाडौं, पुस-१८ ।
चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदमा नियुक्त भएका छन् ।
संवैधानिक परिषदको सिफारिस र संसदीय सुनुवाइ विशेष समितिको अनुमोदन पछि राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई प्रधानन्यायाधीशको पदमामा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई बुधबार विहान पद तथा गोपनियताको सपथ दिलाएकी छिन् ।
सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, लगाएत संवैधानिक निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।
नवनियुक्त प्रधानन्यायाधीश राणाले आजै पदभार ग्रहण गर्दैछन् ।
