कात्तिक २४ काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १७ सय ९८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ५९ हजार ७२४ जना निको भएका छन् ।
आज देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ११२६ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १७७ जनाको पिसिआर परीक्षण भएको छ ।
