कात्तिक १६ काठमाडौं ।लामो समय देखि कांग्रेसको विदेश विभागको नेतृत्वको अनुभव बटुलेकी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री तथा पुर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेकी छिन् ।
पार्टीका लागि त्याग गरेका इमान्दार नेता कार्यकर्ताहरुको उचित मुल्यांकन नहुँदा पार्टीका अग्रज तथा युवापुस्ताबिच समन्वय गरी देशलाई एउटा निकास दिने अठोटका साथ आफु अगामी हुने महाधिवेशनमा सहभापतिको पदमा उम्मेदवारी दिने घोषणा गरेको कोइरालाले एक कार्यक्रममा जानकारी गराएकी छिन् । उनले उक्त कार्यक्रममा वर्तमान समयमा पार्टी नेतृत्वको काम प्रति अशन्तुष्ट हुँदै पार्टी देश र जनताको भन्दा पनि आफु केन्द्रित भएकाले पार्टीलाई पुर्नजिवन दिन र रुपान्तरित भएर काम गर्नुपर्ने समयको आएको बताएकी छिन् ।
यस भन्दा अघि कोइराला परिवारबाटै अगामी महाधिवेशनका लागि महामन्त्री डा। सशांक कोइराला र केन्द्रीय सदस्य डा। शेखर कोइराला पनि सभापतिका लागि आफु उम्मेदवार हुने निणर्य गरिसकेका छन् ।
लामो समय नेपाली कांग्रेसको सभापति भएका स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी एक मात्र सुपुत्री सुजता कोइराला पार्टी र देशलाई संकटबाट जोगाउन आफु नेपाली कांग्रेसको नेतृत्व गर्ने बताएकी छिन् ।
