आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको देहरादूनस्थित एक आश्रममा नेपाली बालबालिकालाई यातना दिइएको घटनाको सत्य तथ्य बुझ्ने

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको देहरादूनस्थित एक आश्रममा नेपाली बालबालिकालाई यातना दिइएको घटनाको सत्य तथ्य बुझ्ने पक्रिया सुरु भएको जनाएका छन।

सामाजिक सञ्जाल ट्वीटरमार्फत मन्त्री ज्ञवालीले सो घटनाबारे सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको जनाएका हुन।

बुधबार नै राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले मन्त्री ज्ञवाली र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई  ‘मेन्सन’ गर्दै उक्त घटनाबारे ध्यानाकर्षण गराएकी थिइन।

अन्सारीले देहरादूनको उक्त आश्रममा रहेका बालबालिकाहरूमाथि त्यहाँका लामाले खानाको विषयलाई लिएर निर्मम यातना दिएको उल्लेख गरेकी छिन्।

सोही ट्विटको जवाफ दिँदै मन्त्री ज्ञवलीले लेखेका छन, ‘ध्यानाकर्षणका लागि धन्यवाद। सत्यतथ्य बुझ्ने प्रक्रिया सुरू भइसकेको छ।’

भारतस्थित नेपाली राजदूत आचार्यले पनि दूतावासले खोजखबर लिने बताएका छन। आचार्यले थप सूचना भए दूतावासलाई जानकारी गराउन अनुरोध गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *