शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण देखिएको छ । फेसबुकमार्फत गजुरेलले आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

सामान्य टाउको दुख्ने, ज्वरो र ढाड दुखाइपछि आइतबार गरिएको पीसीआर परीक्षणमा सोमबार साँझ पोजेटिभ रिपोर्ट आएको उनले जानकारी दिएका छन् ।
आफू र आफ्ना दाजुलाई पोजेटिभ देखिएको तर बच्चाबच्चीलाई कुनै लक्षण नभएको उनले बताएका छन् । आफूलाई पनि गाह्रो हुने कुनै लक्षण नदेखिए पनि बिहीबार देखिनै आइसोलेसनमा बसेको उनले बताए ।

उनले फेसबुकमा लेखेका छन ‘नमस्कार 🙏
भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड १९ ‘पोजेटिभ’ देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने गरेको थिएँ । गत बिहिबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८° को ज्वरो देखियो । शनिबार ढाडको दुखाई महसुस गरेँ । त्यसपछि हिजो पिसिआर टेस्ट भयो । भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो ।

बिहिबारदेखि नै आईसोलेसनमा छु । बाबू नानीहरुलाई कुनै सिम्टम्स छैन । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आईसोलेसनको कडा पालना सहित घरेलु उपचारमा छौँ । मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।

संक्रमणबाट बँच्न सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ । आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा ‘पोजिटिभ’ देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ । म पनि जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा. Rabindra Sameer को सुझाव, सल्लाह र ‘कोभिड उपचार गाईडलाईन’मा छु ।

मलाई बिश्वास छ, मेरो शरीरमा प्रबेश गरेको यो भाईरस मेरो शारिरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन । त्यसैले मैले यो भाईरसलाई आफ्नो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेराे शरीरको जीत र भाईरसको हार झन् चाँडाे हुनेछ । धन्यबाद ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *