आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मेक्सिकोको पुएब्ला राज्यकी गभर्नर एलोन्सोको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं, पुस- १० ।

मेक्सिकोको पुएब्ला राज्यकी गभर्नर मार्था एरिका एलोन्सोको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको छ ।

यही डिसेम्बर १४ मा मात्रै गभर्नरका रुपमा सपथ लिएकी एलोन्सोको हेलिकोप्टर दुर्घटनामा निधन भएको हो ।

दुर्घटनामा परि उनका श्रीमान सेनातोर राफयल मोरिनो भालीको पनि निधन भएको छ ।

पुएब्ला शहरबाट उडेको केही बेरमै हेलिकोप्टर दुर्घटना भएको मेक्सिकोका अधिकारीहरुले बताएका छन् ।

४५ वर्षीया एलोन्सो पुएब्ला शहरको पहिलो महिला गभर्नर बनेकी थिइन । उनी पीएएन पार्टीकी सदस्य समेत थिइन ।
(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *