आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

उपत्यकामा २ हजार ३ सय ८८ मा कोरोना संक्रमण पुष्टि

कात्तिक ३ काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए।

त्यसमध्ये काठमाडौंका २ हजार ८ जना, भक्तपुरका ९९ जना र ललितपुरका २ सय ८१ जना छन्।उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

आज देशभर थप ३ हजार ७९० कोरोना संक्रमित थपिएका छन् भने २३३५ जना निको भएर घर फर्किएका छन्।पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *