बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नेपालमा कहिलेसम्म आइपुग्दा कोरोनाको खोप ? पहिलो चरणमा कसले पाउँछन् लगाउन ?

असोज २९ काठमाडौं । कोरोनाको भ्याक्सिन कहिलेसम्म आम सर्वसाधारणको पहुँचमा पुग्छ भन्ने विषयले अहिले निक्ययोल पाइसकेको छैन । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०का अनुृसार खोप सन् २०२१ सम्ममा आइपुग्ने संभावना छ । तर खोप आएपनि नेपालजस्तो गरिब र विकाशोन्मुख देशका नागरिकले कहिलेसम्ममा खोप लगाउन पाउँछन् त्यसको टुंगो भने छैन ।

डब्ल्यूएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनका अनुसार खोप आएपछि सबैभन्दा पहिला स्वास्थ्यकर्मी, फ्रन्टलाइन कर्मचारी र वृद्धद्धृद्धाहरुलाई लगाइने र त्यसपछि मात्रै दोसे खण्डमा स्वस्थ युवालाई मात्रै खोप दिइने ।

स्वस्थ युवाले खोप पाउन सन् २०२२ सम्म लाग्न सक्ने बताइएको छ । यद्यपि कसलाई प्राथमिकतामा राख्ने भन्ने विषयमा अझै पनि छलफल भइरहेको डब्ल्यूएचओले जनाएको छ । यस विषयमा अमेरिकी बैज्ञानिकहरुले पहिलो चरणमा र क्रमिक रुपमा कस कसलाई खोप दिने भन्ने सूचि तयार पारिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *