शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

पछिल्लो २४ घण्टामा थप दुई हजार ७१ जनामा कोरोना भाइरस संक्रमण

असोज २५ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७ हजार ७ ५५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ४२७ जनाको पिसिआर परीक्षण गर्दा २०७१ जनालाई संक्रमण देखिएको जानकारी दिए ।देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ५५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा ७५ हजार ८०४ जना संक्रमित उपचारपछि निको भएका छन् ।
आज (आइतबार) कुन जिल्लामा कति संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा प्रदेश–१ को उदयपुरमा १२, ओखलढुंगामा १, झापामा १, मोरङमा ३ र संखुवासभामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश–२ को धुनषामा २, पर्सामा १, बारामा ११, महोत्तरीमा १३, रौतहटमा ४, सप्तरीमा २८, सर्लाहीमा ३ र सिरहामा ७ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र एक हजार १४५ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा ४, चितवनमा ३, दोलखामा ३, धादिङमा ६, नुवाकोटमा २५, भक्तपुरमा १ सय १०, मकवानपुरमा ५, रामेछापमा ४, ललितपुरमा १६१ र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २४, गोरखामा २०, तनहुँमा १, नवलपरासी पूर्वमा ३, पर्वतमा १, लमजुङमा ९, बाग्लुङमा ३६ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश–५ (लुम्बिनी) को अर्घाखाँचीमा ३४, कपिलवस्तुमा १०, गुल्मीमा ४, दाङमा ३२, नलवपरासीमा १३, पाल्पामा २, प्युठानमा ३, बर्दियामा १ सय ४, बाँकेमा २०, रुकुम पूर्वमा २, रोल्पामा १ र रुपन्देहीमा ९८ जनामा कोरोना पाइएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा २, जुम्लामा १, डोल्पामा ३, दैलेखमा ९, रुकुम पश्चिममा ९, सल्यानमा २ र सुर्खेतमा २ जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिमको अछाममा १, कञ्चनपुरमा १७, कैलालीमा ३६, डोटीमा १०, दार्चुलामा १ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *