आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

दिउँसै बैंक लुटेको आरोपमा अमेरिकामा हतियार सहित नेपाली युवा सम्राट समातिए

असोज २२ काठमाडौं । अमेरिकामा हतियारसहित दिउँसै बैंक लुटेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्राट लामा रहेका छन् । लामालाई वेल्स फर्गो बैंकको ६०७ नर्थ फ्रेडरिक एभेन्युमा रहेको शाखा लुटेको अभियोगमा पक्राउ गरिएको समाचारमा जनाइएको छ । लोकलडिभीएमको रिपोर्टअनुसार यो बैंक मंगलबार स्थानीय समयअनुसार बिहान १० बजेर २ मिनेटको समयमा लुटिएको थियो ।

बिहान बैंकभित्र गएर एक कर्मचारीलाई आफूले बचत खाता खोल्न चाहेको बताएका उनले पछाडि बोकिरहेको झोलाबाट एउटा चक्कु निकालेर ती कर्मचारीतिर देखाउदै काउन्टरका टेलर कर्मचारीलाई पैसा एउटा प्लाष्टिकको झोलामा राखिदिन भनी उनी पैसा लिएर त्यहाबाट फरार भएको बताइएको छ ।

लामाले केही पर रहेका अर्का टेलरसम्म पनि पुगेर अझै पैसा मागेको बताइएको छ । बैंक लुटेर भाग्ने प्रयासमा रहेका उनलाई तत्कालै पक्राउ गरी सेन्ट्रल प्रोसेसिङ युनिटमा पठाइएको छ । लामा माथि तियार देखाएर लुटपाट गरेको आरोपमा मुद्दा चलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *