आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

थप १ हजार ५५१ जनामा कोरोना, निको भए २ हजार ३४०

मंगलबार थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९० हजार ८१४ पुगेको छ।

 त्यस्तै यस अवधिमा २ हजार ३४० जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ। 

त्यस्तै थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *