असोज १४ काठमाडौं ।बलिउड फिल्म निर्माता एवम् निर्देशक अनुराग कश्यपलाई मुम्बई प्रहरीले मुम्बई नछोड्न आदेश दिएको छ । दक्षिण भारतीय अभिनेत्री पायल घोषलाई बलात्कार गरेको आरोप लागेको निर्देशक कश्यपलाई मुम्बई प्रहरीले थप अनुसन्धान गर्नको लागि बिना अनुमति मुम्बई नछोड्न आदेश दिएको हो ।
घोषले कश्यप माथि सेक्सुअल ह्र्यासमेन्टको आरोप लगाएकी छिन् । मुम्बईको वर्सोवा प्रहरी चौकीले भोलि १ अक्टोबर बिहान ११ बजे कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । आज कश्यप विरुद्ध उजुरी भने दर्ता भएन कारण घोषका वकिलले भने उजुरी दर्ता गर्नका लागि कुनै पनि महिला अधिकारी प्रहरी चौकीमा देखिएन। कश्यपलाई पक्राउ नगरे आफु अनसन समेत बस्ने चेतावनी दिएकी घोषले आफ्नो सुरक्षाको लागि सुरक्षा गार्ड समेतका माग गरेकी थिइन, मुम्बईका राज्यपाल भगत सिंहसँग ।
यसैबिच अनुराग कश्यपले भने बलात्कार नगरेको दावी गर्दै आएका छन् । उनले सन् २०१३ मा वर्सोवामा यारी रोडनजिकै आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन्।
