बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

नेपालमा आज कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

नेपालमा आज कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

समाचार
असोज २४ काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट थप १४ जनाको ज्यान गएको छ । यो सहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय १४ पुगेको छ । घर घरमा कोरोना संक्रमितहरु भेटिइरहँदा पनि सरकार भने कोरोना नियन्त्रणमा त्यति उत्तरदायी बन्न सकेको छैन । केवल स्वास्थय मन्त्रालयका कर्मचारीहरु र चिकित्सकहरुको खटाईबाट मात्र केही हदसम्मको नियन्त्रण हुँदा स्वास्थ्यमन्त्री भन्ने पदमा रहेका ब्यक्ति कुन संसारमा के गरेर बसेका छन् नागरिकलाई अत्तोपत्तो छैन । त्यस्तै आज ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संस्थागत आइसोलेसनमा १३ हजार ६५४ जना रहेका छन् भने होम इसोलेसनमा १७१६४ गरेर देशभर सक्रिय संक्रमित ३० हजार ८१८ जना सक्रिय संक्रमित पुगेका छन् । मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा २ हजार ६ सय ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा २ ह...
फूलपाती बढाइँ यस वर्ष  सांकेतिकरूपमा मात्र आयोजना गरिने

फूलपाती बढाइँ यस वर्ष सांकेतिकरूपमा मात्र आयोजना गरिने

समाचार, समाज
यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सांकेतिकरूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ । कोभिड–१९ को संक्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । यस वर्ष फूलपाती अगामी कात्तिक ७ गते शुक्रबार परेको छ । उनले भने, ‘स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी हाम्रा मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा सांकेतिकरूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना गरेका छौं । अघिल्ला वर्षका बढाइँमा पूर्व, पश्चिम र दक्षिणपाटाबाट ८४/८४ जनाको गुल्मले बढाइँ गर्थ्यो भने यस पटक सामाजिक दूरी कायम गरी २५/२५ जन...
आज उपत्यकामा मात्रै २ हजार ६ सय ७२ संक्रमित थपिए

आज उपत्यकामा मात्रै २ हजार ६ सय ७२ संक्रमित थपिए

समाचार, स्वास्थ्य
आज हालसम्मकै धेरै संक्रमित थपिएका छन। पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज उपत्यकामा मात्रै २ हजार ६ सय ७२ संक्रमित थपिएका छन्। २४ घन्टामा काठमाढौंमा २१ सय, भक्तपुरमा २ सय ३ र ललितपुरमा ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै आज १ हजार २ सय २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा ७४ हजार २ सय ५२ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ११ लाख ४५ हजार २ सय ३७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ४ हजार ६ सय ८६ जना क्वारेन्टाइनमा छन्। नेपालमा ...
कोरोनालाई केन्द्रविन्दुमा राखेर विशेष सुरक्षा योजना

कोरोनालाई केन्द्रविन्दुमा राखेर विशेष सुरक्षा योजना

समाचार
असोज २४ काठमाडौं । प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन्। प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्लाले अन्तिम तयारीमा जुटेको जानकारी दिए। केही दिन भित्रैमा औपचारिक रुपमा चाडबाड केन्द्रित सुरक्षा योजना लागु हुने उनले जानकारी दिए। “प्रहरीको सुरक्षा योजना सधैँ नै हुन्छ, तर चाडबाडका बेला अझै गस्ती बढाउने, सुरक्षा चौकी थप्ने र नाकामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहन्छ”, उनले भने, “यसपालि कोभिड–१९ को सङ्क्रमणसमेत रहेकाले त्यसलाई ख्याल गरेर सुरक्षा रणनी...
गण्डकी प्रदेशमा आज ३१ सङक्रमित थपिए

गण्डकी प्रदेशमा आज ३१ सङक्रमित थपिए

समाचार
असोज २४ कास्की– गण्डकी प्रदेशमा आज ३१ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भई हाल बुटवल बस्ने गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत ८१ वर्षीय वृद्ध र नवलपरासी (बर्दाघाट सुस्तापूर्व) गैँडाकोट–१ का कलेज अफ मेडिकल साइन्स चितवनमा उपचाररत ३६ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ । थपिने सङ्क्रमितमा बाग्लुङका ११, कास्कीका १०, तनहुँका ६, गोरखाका तीन र तनहुँका एक जना रहेका छन् । प्रदेशमा कोरोना सङ्क्रमित चार हजार ६४८ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । ...
कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम अपचलनको अभियोगमा एक भारतीय व्यापारी पक्राउ

कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम अपचलनको अभियोगमा एक भारतीय व्यापारी पक्राउ

अपराध, समाचार
कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम अपचलन गरेको अभियोगमा फरार रहेका एकजना भारतीय व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत चम्पावत जिल्लाको बनबासाका ५५ वर्षीय ब्यापारी सुशील गर्ग रहेको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)   ले जनाएको छ। उनलाई नेपाल भारत सीमा क्षेत्रबाट प्रक्राउ गरिएको हो  उनी बनबासा मिना बजारमा चप्पलको व्यापार गर्ने गरेको प्रहरीले जनाएको छ । गर्गलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएको थियो। तर नेपाल प्रहरीले भने गर्गलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको जनाएको थियो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ९डीएसपी० अमर बहादुर थापाका अनुसार भारतीय व्यापारी सुशीललाई कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरिएको हो। प्रहरी स्रोतका अनुसार कृषि विकास बैंक लहान शाखाको सिस्टम ह्याक गरी पाँच करोड रुपैयाँ अपचलन गरेको अ...
नागरिकता लिनेको चाप बढ्दै गएपछि सर्लाहीमा टोकन प्रणालीमा नागरिकता वितरण

नागरिकता लिनेको चाप बढ्दै गएपछि सर्लाहीमा टोकन प्रणालीमा नागरिकता वितरण

समाचार
असोज २४ सर्लाही। जिल्लामा नागरिकता लिनेको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले टोकन प्रणालीको शुरुआत गरेको छ । जिल्ला प्रशासन कार्यालय मलङ्गवा, इलाका प्रशासन कार्र्यालय हरिवन र इलाका प्रशासन कार्र्यालय बरहथवामा नागरिकता बनाउनेको चाप बढेको अवस्थालाई मनन् गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले टोकन प्रणालीमा काम शुरु गर्नुभएको छ । कोरोना महामारी केही सहज भए पनि सामान्य स्वास्थ्य मापदण्ड पालना नगरी भीडभाड बढेको भन्दै टोकन प्रणालीमा काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु्भयो । नयाँ नागरिकताका लागि असोज ३० गतेसम्म र प्रतिलिपिका लागि असोज २३ गतेसम्मको टोकन बाँडिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । नागरिकता बनाउन चाहिने कागजात लिएर तोक लगाई, टोकनमा उल्लेख गरिएको मितिमा नागरिकता लिन आउने गरी सेवाग्राहीलाई घर पठाउने गरिएको प्रजिअ पौडेलले बताउनुभयो...
सम्पूर्ण सेवा बन्द गर्ने निर्णय

सम्पूर्ण सेवा बन्द गर्ने निर्णय

समाचार
असोज २४ सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि छ दिनका लागि नगरपालिकाको अत्यावश्यकबाहेक सम्पुर्ण सेवा बन्द गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र बाँकी कर्मचारीको पनि पिसिआर रिपोर्ट आउन बाँकी रहेकाले असोज २५ देखि ३० गतेसम्मका लागि अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको जनाइएको छ । नगरपालिकाका अधिकृत सावित्रीकुमारी साहुले सूचना प्रकाशित गरी पिसिआर परीक्षण गराएका बाँकी कर्मचारीको रिपोर्ट नआएसम्म सङ्क्रमण फैलिने जोखिम रहेकाले अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको बताउनुभयो । कोरोना सङ्क्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा आएका व्यक्तिमा पनि सङ्क्रमण हुनसक्ने सम्भावना रहेकाले तत्काल पिसिआर परीक्षण गराउनसमेत सूचनामा आग्रह गरिएको छ । ...
लकडाउनलाइ लिएर सम्पुर्ण नेपालीहरुलाइ सरकारबाट आयो अत्यन्तै खुसिको खबर

लकडाउनलाइ लिएर सम्पुर्ण नेपालीहरुलाइ सरकारबाट आयो अत्यन्तै खुसिको खबर

समाचार
असोज २४ काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालै लकडान नगर्ने स्पष्ट पारेको छ । कोरोना सं’क्रमितको संख्या दिन दिनै तीव्र गतिमा बढिरेको बेला जनमानसमा फेरी देशब्यापी लकडाउन हुने हो की भन्ने आंका भइरसको बेला स्वास्थ्य मन्त्रालयले तत्काल लकडान नगर्ने जनाएको हो ।यसअघि मन्त्रालयले सक्रिय सं’क्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सरकारलाई सिफारिस गरेको थियो । साथै आज हालसम्मकै उच्च कोरोना सं’क्रमितको संख्या थपिएसँगै सक्रिय कोरोना सं’क्रमितको संक्रया २५ हजार नाघेको छ । तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अस्पतालमा सं’क्रमितको उपचारका लागि बेड अभाव नहुन्जेलसम्मम लकडाउन नहुने बताउनुभयो ।उहाँले भन्नुभयो – ‘सं’क्रमित हरुलाई बेड नै नभएर भुइँमा राख्नुपर्ने स्थिति आयो भने मात्र लकडाउन हुन्छ ।साथै उहाँले यही अवस्थामा सं’क्रमितको संख्या बढे अस्पतालमा बेडको अभाव हुनसक्न...
टोखाका २२ जना कोरोना संक्रमित सम्पर्क विहीन

टोखाका २२ जना कोरोना संक्रमित सम्पर्क विहीन

समाचार
असोज २४ काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३०० नाघेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल सङ्ख्या एक हजार ३०१ पुगेको हो । सबैभन्दा थोरै वडा नं १ मा २८ र सबैभन्दा धेरै वडा नं ८ मा १५६ सङ्क्रमित भेटिएका छन् । टोखामा ११ वडा छन् । यस्तै, वडा नं १ मा २८, वडा नं २ मा ६२, वडा नं ३ मा १५२, वडा नं ४ मा ६३, वडा नं ५ मा १३६, वडा नं ६ मा १३३, वडा नं ७ मा १५५, वडा नं ८ मा १५६, वडा नं ९ मा ८७, वडा नं १० मा १०४ र वडा नं ११ मा ९८ सङ्क्रमित भेटिएका हुन् । यस्तै विभिन्न ठाउँमा बसोबास गरेका र टोखा नगरपालिकामा पिसिआर परीक्षण गरेका १२७ सङ्क्रमित फेला परेका छन् । हालसम्म फेला परेकामध्ये ७३६ पुरुष र ५६५ महिला रहेका छन् । कोरोना सङ्क्रमितमध्ये ८०७ जना निको भएर घर फर्किसकेका छन् भने ४८९ जना सक्रिय सङ्क्रमित छन् ...