बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

काठमाडौका कुन वडामा कति संक्रमित , सूचि सहित

काठमाडौका कुन वडामा कति संक्रमित , सूचि सहित

समाचार
असोज २८ काठमाडौं । देशका अरु ठाउँको तुलनामा काठमाडौ उपत्यकामा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेको छ । मंगलबार मात्रै उपत्यकामा एक हजार सात सय ४६ जनामा सङ्क्रमण देखिएको छ । उपत्यकामा सङ्क्रमितको संख्या ३२ हजार ६ सय तीन पुगेको छ । काठमाण्डौ महानगरपालिकामा मात्रै १५ हजार पाँच सय ५३ जना छन् । उनीहरूमध्ये सक्रिय सङ्क्रमित सात हजार ५ सय १७ छन् । काठमाण्डौ महानगरपालिकाका ३२ वडामध्ये ११ वटा वडामा सक्रिय सङ्क्रमितको संख्या ३ सयभन्दा बढी छ । ...
एन्टिजेनका आधारमा कोरोना परीक्षण

एन्टिजेनका आधारमा कोरोना परीक्षण

समाचार
असोज २८ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेनमा आधारित कोरोना भाइरस (कोभिड–१९) परीक्षण सञ्चालनमा ल्याउन लागेको छ । यसले कोरोनाको परीक्षण तत्कालै गराउन सहयोग पुुग्नेछ । ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ मा चौथो संशोधन गर्दैै यो विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो । यसको अधिकतम मूल्य हाल एक हजार रुपियाँ तोकिएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एन्टिजेनको किट तथा रिएजेन्ट स्वास्थ्य सेवा विभागबाट स्वीकृति प्राप्त हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको प्रयोगशालाले मात्रै यो परीक्षण गर्न पाउने व्यवस्था गरिएको बताउनुभयो । प्रवक्ता गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोके बमोजिमको ‘बायोसेफ्टी क्याबिनेट’ तथा अन्य सुरक्षा विधि पालना गर्नुपर्ने बताउनुभयो । परीक्षणमा पोजेटिभ आएमा परीक्षण गर्ने प्रयोगशालाले इपि...
Youth dies of electric shock in Kanchanpur

Youth dies of electric shock in Kanchanpur

समाचार
Kanchanpur, Oct 14:A 21-year-old youth died due to electrocution at Chauri in Bedkot Municipality in Kanchanpur district on Tuesday. According to the District Police Office, Kanchanpur, Dinesh Saud, received the electric shocks while he was working at the shop in his locality. Saud, who fainted after receiving the electric shock, was immediately rushed to the Hospital where he breathed his last during the treatment, informed DSP Amar Bahadur Thapa. The dead body has been handed over to the deceased’s family following the post-mortem.(RSS)
वडा सदस्यको कोरोना संक्रमणबाट मृत्यु

वडा सदस्यको कोरोना संक्रमणबाट मृत्यु

समाचार
असोज २८ सप्तरी । कोरोना भाइरसको संक्रमणबाट सप्तरी एक जनप्रतिनिधिको आज (मंगलबार) मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार तिरहुत गाउँपालिका–३ का कोरोना संक्रमित ४६ वर्षीय वडा सदस्यको मृत्यु भएको छ । अर्बुद रोगग्रस्त वडा सदस्यको चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । उपचारका क्रममा कोरोना टेष्ट गर्दा उनमा कोरोना पोजेटिभ आएको थियो । यससँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । सप्तरी जिल्लामा मंगलबार एक नेपाली सैनिकसहित थप १० जनामा कोरोना पुष्टि भएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या एक हजार ४५३ पुगेको छ । तीमध्ये एक हजार १ सय २९ जना संक्रमण मुक्त भएर घर फर्केका छन् । ...
मङ्सिरदेखि सवारी चालक अनुमतिपत्र वितरण गरिने

मङ्सिरदेखि सवारी चालक अनुमतिपत्र वितरण गरिने

समाचार
असोज २७ मकवानपुर । वागमती प्रदेश यातायात सेवा कार्यालयले आगामी मङ्सिरको पहिलो हप्ताभित्र हेटौंडाबाटै सवारी चालकको नयाँ अनुमति पत्र (स्मार्टकार्ड) विवरण गर्ने तयारी भइरहेको जनाइएको छ । कार्यालयका अनुसार अब वागमती प्रदेशको राजधानी हेटौंडाबाटै नियमित स्मार्ट कार्ड वितरण हुने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका प्रवक्ता नवीन सिंहले जानकारी दिनुभयो ।प्रदेश यातायात सेवा कार्यालयले साउनको पहिलो हप्तादेखि असोज २२ गते अपराह्नसम्ममा विभिन्न जिल्लाको गरी सवारी चालकको पुरानो र नयाँ गरी १२ हजार ५४५ वटा अनुमति पत्र (स्मार्टकार्ड) सेवाग्राहीलाई वितरण गरिएको सो कार्यालयका प्रमुख भक्तबहादुर थापाले जानकारी दिनुभयो । सङ्घीय सरकारद्वारा कोभिड–१९ को सङ्क्रमणको अवस्थामा बन्दाबन्दी र निषेधाज्ञाको कारणबाट यातायात सवारी साधनको दर्ता, नवीकरण, जाँचपास गर्ने क्रम अवरुद्ध हुँदा जरिवाना लाग्ने जरिवाना बागमती प्र...
निःशुल्क वितरण गरिएको इन्टरनेटमा शुल्क लाग्ने

निःशुल्क वितरण गरिएको इन्टरनेटमा शुल्क लाग्ने

समाचार
असोज २७ काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा निःशुल्क रुपमा वितरण गर्दै आएको इन्टरनेट प्रयोगमा अब शुल्क लाग्ने भएको छ । दुई वर्षका लागि प्राधिकरणले इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पु-याउने योजनासाथ ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेको थियो । निःशुल्क इन्टरनेटको अवधि २०७६ साल चैतसम्म भएतापनि कोरोना भाइरस सङ्क्रमणका कारण सेवाप्रवाहलाई निरन्तरता दिइएकोमा मङ्गलबारवाट उक्त सेवा सकिएको जनाईएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार कोरोना महामारीको बीचमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रवाह गर्न सेवा प्रदायकलाई थप समय दिइएकोमा उक्त समय मङ्गलवारबाट सकिएको छ । उनका अनुसार अब ब्रोडब्यान्ड इन्टरनेटको सेवाका लागि सम्बन्धित निकायले प्राधिकरणबाट स्वीकृत गरेको महशुल दरमा मात्र सेवा प्रदायकहरुसँग सम्झौता गरी इन्टरनेट सेवाको ...
प्रहरीका हाकिमको गोजिमा चोरीका मोबाइल

प्रहरीका हाकिमको गोजिमा चोरीका मोबाइल

समाचार
असोज २७ काठमाडौं ।चोरी तथा भन्सार छलीका समान बेच्नेलाई पक्राउ गरेर कानूनी दायरामा ल्याउनु पर्ने प्रहरीका हाकिम आफै चो’रीका समान सस्तो मूल्यमा किन्ने गरेको खुलेको छ। उनीहरुले भारतीय बजारबाट आउँने चो’रीका मोबाइल बेच्ने सर्लाहीका बलराम साहबाट त्यस्ता मोबाइल सस्तोमा किन्ने गरेका हुन्। यो तथ्यले चो’रीका मोबाइल बेच्ने त’स्करले प्रहरीका हाकिमलाई प्रभावित पार्ने गरेको खुलेको छ। साहले चो’रीका महंगा मोबाइल प्रहरीका हाकिमलाई लामो समयदेखि बेच्दै आएका छन्। सामान्यतया मोबाइल बेच्दा अनिवार्य बिल चाहिन्छ। तर, साहले प्रहरीलाई समेत कुनै पनि मोबाइलको बिलनै नदिई महंंगा मोबाइल बेच्दै आएका छन्। साह चो’रीका मोबाइल झोला भरी बोकेर प्रहरी मुख्यालय नक्सालमै पुग्ने गरेका छन्। प्रहरीका अधिकांश हाकिम आँफै फोन गरेर साहलाई मोबाइल मगाउनेदेखि बिग्रेका मोबाइलसमेत बनाउन लगाउने गरेको प्रहरी मुख्यालयका एक प्रहरीले बताए।...
फेवातालमा पौडी खेल्न गएका युवक मृत फेला

फेवातालमा पौडी खेल्न गएका युवक मृत फेला

समाचार
असोज २७ पोखरा । पोखराको फेवा तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका व्यक्ति मृत फेला परेका छन् ।सशस्त्र प्रहरी बलको टोलीले फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला पारेको हो । फेवातालमा मृत फेला पर्नेमा धादिङ घर भएका २२ वर्षीय सुजन नगरकोटी छन् । उनी पौडी खेल्ने क्रममा सोमबार फेवातालमा डुबेर बेपत्ता भएका थिए ।घटनाबारे ढिलो गरी मात्रै सुरक्षा निकायले सूचना पाएको थियो । सूचना पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश आचार्यको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले तालबाट उनको शव निकालेको हो । ...

उपत्यकामा मात्र थप २१२९ जनामा कोरोना पुष्टि

समाचार
असोज २७ काठमाडौं ।काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १७४६ जना, भक्तपुरको १६७ जना र ललितपुरका २ सय १६ जना छन्।आज कोरोनाका ३ हजार ५ सय ५६ संक्रमित थपिएका छन्।यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको उनले बताए। कोरोनाबाट १ हजार ५०३ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ।अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन्। कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ। मंगलबार मात्र थप मृतक १८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। ...
सरकारले फेरि घटायो कोरोना परीक्षण शुल्क

सरकारले फेरि घटायो कोरोना परीक्षण शुल्क

समाचार
असोज २७ काठमाडौं ।सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएको छ । परीक्षण शुल्क दुई हजार रुपैयाँबाट घटाएर एक हजार रुपैयाँमा झारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । मङ्गलबार भएको नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. गौतमले पीसीआर परीक्षणको शुल्क अब बढीमा एक हजार रुपैयाँ मात्र लिन पाइने जानकारी गराएका हुन् । उनले परीक्षणको यो रकम समयानुकूल समायोजन हुँदै जाने पनि बताए । सरकारले कोरोना परीक्षणको रकम चौथो पटक घटाएको हो । पहिले पाँच हजार पाँच सय रुपैयाँमा हुने गरेको परीक्षण चार हजार चार सय रुपैयाँमा झारिएको थियो, फेरि त्यसलाई पनि घटाएर दुई हजारमा झारिएको थियो । यस्तै प्रवक्ता गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने बताएका छन् । यसैबीच सरकारले कोरोना भाइरसको जोखिम लगातार ब...