बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

दुई स्वास्थ्यकर्मी विमानस्थलबाटै प्रहरी नियन्त्रणमा

दुई स्वास्थ्यकर्मी विमानस्थलबाटै प्रहरी नियन्त्रणमा

समाचार
जिल्ला बाहिरबाट हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो । कालिकोट र जाजरकोट स्थायी घर भएका उनीहरु पिसीआर परीक्षण नगरी जिल्ला भित्रिएपछि जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । सिमकोट विमानस्थलमा स्थापना गरिएको हेल्थ डेस्कमा जाँचका क्रममा पिसीआर रिपोर्ट माग्दा नदिएपछि पिसीआर नगरी आएको थाहा हुने बित्तिकै विमानस्थल सुरक्षाका लागि खटिएको प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ । नियन्त्रणमा लिइएका दुवैलाई अहिले सिमकोट गाउँपालिकाको सिमसारमा रहेको शिल्पकला भवनमा राखिएको छ । आज उनीहरुको एन्टिजेन टेस्ट किटबाट कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालय...
छठ पर्वको सकारात्मक संदेश

छठ पर्वको सकारात्मक संदेश

समाचार
घनश्याम कोइराला मंसिर ५ काठमाडौं । अहिले छठ पर्व प्रारम्भ भएको छ । सामान्यतः कात्तिक शुक्ल चतुर्थीकै दिनदेखि सुरु हुने यो पर्वको समापन कात्तिक शुक्ल सप्तमीको दिन हुन्छ । नेपाल, खास गरी तराई क्षेत्र र उत्तर भारतमा बडो उत्साहपूर्वक आस्था–निष्ठासाथ मनाइने यो पर्व अहिले नेपालका अन्य क्षेत्रमा समेत मनाइन्छ । हाम्रो धर्म र संस्कृतिको आधार मूलतः प्रकृति नै रहेको छ । पर्वका अवसरमा प्रकृतिका शक्ति र विशेषताहरूको उच्च सम्मान स्वरूप पूजा गर्ने, पूजितको महिमाको श्रद्धापूर्वक स्मरण गरी दायित्वका लागि संकल्प लिने काम गरिँदैआएको देखिन्छ । यसलाई थप जागरण र समाजोपयोगी बनाउन सकिने देखिन्छ । छठ पर्व यस्तै पर्व हो । छठमा मूलतः सूर्यको पूजा गरिन्छ । सूर्य ग्रहहरूका नायक हुन् । प्राकृतिक ताप र उज्यालोका स्रोत हुन् । सूर्यलाई रंगहरूको स्रोत पनि मानिन्छ । सूर्य प्रत्यक्ष देवता हुन् । उज्यालो, अँध्यारो, फ...
आज छठ पर्वको मुख्य दिन,साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आज छठ पर्वको मुख्य दिन,साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

समाचार
मंसिर ५ काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको आज मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । ...
रेडक्रसले सरकारलाई उपलब्ध गरायो ७ वटा भेन्टिलेटर

रेडक्रसले सरकारलाई उपलब्ध गरायो ७ वटा भेन्टिलेटर

समाचार
मंसिर ४ काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ । रेडक्रसले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु-याउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको हो । बिहीवार रेडक्रसकी उपाध्यक्ष सर्मिला कार्कीको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सहयोग स्वरुप भेन्टिलेटर उपलब्ध गराएको हो । रेडक्रसले सात वटै प्रदेशलाई एक/एक वटा वितरण गर्ने गरी सातवटा भेन्टिलेर उपलब्ध गराएको हो । भेन्टिलेटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले रेडक्रसले गरेको सहयोगले संक्रमित बिरामीहरुको उपचारका लागि महत्वपूर्ण हुने बताए । यस्तै उपलब्ध भेन्टिलेटरहरु सात वटै प्रदेशका सबैभन्दा धेरै विरामी आउने अस्पतालमा उपलब्ध गराउने प्रतिवद्धता समेत ...

घुस लिएको आरोपमा नासुविरुद्ध विशेष अदालतमा मुद्दा दायर

समाचार
मंसिर ४ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १० हजार घुस लिएको अभियोग लागेका वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा शिवशङ्कर महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । फारामको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइ आएका सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समय पहिले महतोलाई पक्राउ गरेको थियो । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार बिगोअनुसारको कारवाहीको माग गर्दै महतोविरुद्ध मुद्दा दायर गरिएको हो । ...
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव छ डिग्री

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव छ डिग्री

माैसम, समाचार
काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो । मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । ‘तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः बढ्दै जान्छ’, मौसमविद् अर्यालले भनिन् । दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुुस भएको छ । मौसमविद्का अनुसार पानी पर्‍यो भने अझै जाडो बढ्छ । तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्नाका साथै तराईका भूभागमा बिहान पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने...
छठ कार्यक्रममा राष्ट्रपति सहभागी नहुने

छठ कार्यक्रममा राष्ट्रपति सहभागी नहुने

समाचार
मंसिर ४ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएका छन् । राष्ट्रपति भण्डारी विगत वर्षमा काठमाडौँका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन् । राष्ट्रपति भण्डारी यस वर्षको वडादशैँका अवसरमा शक्तिपीठको दर्शन र भ्रमणमा पनि गएकी थिइनन् । ...
निकिशा श्रेष्ठलाई दुर्व्यवहार गर्ने तीन जना पक्राउ

निकिशा श्रेष्ठलाई दुर्व्यवहार गर्ने तीन जना पक्राउ

समाचार
मंसिर ४ काठमाडौं । निकिशा श्रेष्ठलाई सडकमा जिस्क्याउँदै हैरान पार्ने र भिडियो समेत खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने ३ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न १९ वर्षीय सफिल खत्री, १८ वर्षीय विशेष जोशी र अर्का एक किशोरलाई पक्राउ गरिएको महानगरीय प्रहरी परीसर भक्तपुरकी एसपी तारादेवी थापाले रातोपाटीलाई बताइन् । महानगरीय प्रहरी परीसर भक्तपुरका इन्सपेक्टर सुदन केसी नेतृत्वको टोलीले उनीहरुलाई दुधपाटी र भक्तपुर–२ टौमढीबाट पक्राउ गरेको हो । मंसिर २ मा भक्तपुर नगरपालिका–१ स्थित सडकमा निकिशालाई तीन जना मिलेर दुर्व्यवहार गरेका थिए । सफिल खत्रीले चलाएको स्कुटरको पछाडि बसेर भक्तपुर–५ तौमडी घर भएका १६ वर्षीय किशोरले लैंगिक भेदभावपूर्ण शब्द प्रयोग गरेर भिडियो बनाएका थिए । सो भिडियो विशेष जोशीले टिकटकमा अपलोड गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । निकिशालाई सार्वजनिक सडकमा...
विस्तृत शान्ति सम्झौताको १४ वर्ष, द्वन्द्व पीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न माग

विस्तृत शान्ति सम्झौताको १४ वर्ष, द्वन्द्व पीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न माग

समाचार
मंसिर ४ काठमाडौं । नेपालमा सशस्त्र द्वन्दको अन्त्य भइ विस्तृत शान्ती सम्झौता भएको १४ वर्ष पुगेको छ ।नेपालमा १० वर्ष चलेको द्वन्दका पीडितहरुको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले माग गरेको छ । नेपालमा २०५२ सालबाट सुरु भई १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्व नेपाल सरकार तथा तत्कालीन नेकपा माओवादीबीच २०६३ साल मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतापश्चात् औपचारिक रुपमा अन्त्य भएको आज १४ वर्ष पूरा भएको छ । नेपाल सरकार र विद्रोही पक्ष बीच भएको उक्त सम्झौतामा उल्लेख गरिएका विषयहरुको पालना भए/नभएको अनुगमन गर्ने जिम्मेवारी दिएको आयोगले स्मरण गराएको छ । विस्तृत शान्ति सम्झौतामा उल्लेख भएअनुसार दोषी ठहर गरेका मानव अधिकार उल्लंघनकर्ताहरुलाई कानून बमोजिम कारवाहीको दायरामा ल्याई दण्डहीनताको स्थिति अन्त्य गर्न आयोगले सरकारसँग माग गरेको छ । मानव अधिकारसम्बन्धी ...
ह्याम्ससहित निजी अस्पताल र प्रयोगशालाले नक्कली पीसीआर रिपोर्ट बिक्री गरेको खुलासा

ह्याम्ससहित निजी अस्पताल र प्रयोगशालाले नक्कली पीसीआर रिपोर्ट बिक्री गरेको खुलासा

समाचार
मंसिर ४ काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित केही निजी प्रयोगशाला तथा अस्पतालहरुले हवाई यात्रामार्फत विदेश जाने यात्रुहरुलाई महङ्गो मूल्यमा ‘कोरोना नेगेटिभ’को रिपोर्ट ‘बेच्ने’ गरेको तथ्य खुलेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको अनुसन्धानका क्रममा उपत्यकका ४ वटा अस्पताल तथा प्रयोगशालाले नक्कली रिपोर्ट बनाएर बिक्री गर्ने गरेको खुलेको हो । मन्त्रालयका अनुसार ललितपुरको सानेपास्थित स्टार अस्पताल, काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पताल, काठमाडौंको कमलादी (पानीपोखरी)स्थित सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटरी एण्ड रिसर्च सेन्टर र लाजिम्पाटस्थित सूर्या हेल्थकेयरले कोरोना भाइरस संक्रमण नदेखिएको जनाएर नक्कली रिपोर्ट बिक्री गर्ने गरेको देखिएको हो । हवाई यात्रामार्फत विदेश जाने यात्रुको पीसीआर नेगेटिभ आएको रिपोर्ट अनिवार्य गरिएको छ । जसअनुसार नेपालबाट विदेश जाने यात्र...