आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अपराध

१ लाख पचास हजार घुष नगदसहित कर अधिकृत पक्राउ

१ लाख पचास हजार घुष नगदसहित कर अधिकृत पक्राउ

अपराध
घुस रकमसहित आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत पक्राउ परेका छन्।बुधबार साँझ अन्नपूर्ण होटेलमा बसेर एक लाख ५० हजार घुस रकम लिइरहेको अवस्थामा कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्ण पक्राउ परेका हुन्। उनीहरुलाई सेवाग्राहीबाट घुस रकम लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासले जनाएको छ। दुवै जनाले एकजना डिष्टिलरी उद्योगीसँग कर वापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियारका अधिकारीले जानकारी दिएका छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। ...
औषधि विभागका अधिकृत घुससहित पक्राउ

औषधि विभागका अधिकृत घुससहित पक्राउ

अपराध
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीवार पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । कारवाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकमसहित आयोगको ‘स्टिङ अपरेसन’बाट उनलाई पक्राउ गरिएको हो । करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका हुन् । ...
दुई हुण्डी कारोवारी रु २५ लाख ५० हजारसहित पक्राउ

दुई हुण्डी कारोवारी रु २५ लाख ५० हजारसहित पक्राउ

अपराध, समाचार
 प्रहरीले दुई हुण्डी कारोवारी पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी निवासी टेन्ट व्यवसायी सञ्जय साह र भारत पिपरौन निवासी सुमित यादव रहेको धनुषा प्रहरीले जनाएको छ । उनीहरुलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट हुण्डी रकमसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जटही नाकाबाट अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।  निरीक्षक रानाभाटले जनकपुरबाट हुण्डी रकम रु २५ लाख ५० हजारसहित भारत जाँदै गर्दा जटहीबाट पक्राउ गरेको बताए । पक्राउ परेको रकमसहित दुवैलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिए । हुण्डी कारोवारमा अन्य संलग्नको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।   ...
मालपोत कार्यालयका प्रमुखसहित २ जना ६ लाख रुपैयाँ घुससहित पक्राउ

मालपोत कार्यालयका प्रमुखसहित २ जना ६ लाख रुपैयाँ घुससहित पक्राउ

अपराध, समाचार
 बारास्थित मालपोत कार्यालयका प्रमुखसहित २ जना ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारास्थित मालपोत कार्यालयका प्रमुख (नायव सुब्बा) मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद धिताल छन् । पूर्वसूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो । घुस लिइसकेको अवस्थामा दुवै जनालाई बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित जर्गा होटलबाट नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका प्रवक्ता नारायण प्रसाद रिमालले जानकारी दिए । रिमालका अनुसार उनीहरुले जग्गा खरिद गर्न लागेका व्यक्तिले उक्त जग्गा श्रम विभागबाट रोक्का रहेको र आफूहरुले उक्त जग्गा फुकाइदिने भन्दै घुस रकम माग गरेका थिए । जग्गा पास गर्न जाँदा घुस रकम माग गरिएको भन्न...
भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्ट लागुऔषध प्रयोगकर्ता

भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्ट लागुऔषध प्रयोगकर्ता

अपराध, समाचार
भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्ट लागुऔषध प्रयोगकर्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की भागरथी भट्टको २१ माघ दिउँसो लवलेकको सुनसान जंगलमा बलात्कारपछि हत्या भएको थियो । हत्या अभियोगमा भागरथीकै छिमेकी दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदीका अनुसार पक्राउ परेका भट्ट गाँजा सेवनकर्ता रहेको खुलेको छ । ‘कहिलेकाहीँ खाने भनेर उसले हामीलाई बताएको छ,’ उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’ निर्जन जंगलको बीचमा पुगेपछि भागरथीलाई दिनेशले जबर्जस्ती गर्न खोजेका थिए । भागरथीले चिच्याएर प्रतिकार गरेपछि उनले भागरथीलाई धकेलिदिएका थिए । डिलमुनि लडेपछि प्रतिकार गर्न नसकेकी भागरथीलाई बलात्कारपछि भट्टले घाँटी थिचेर मारेको प्रहरी...
सपना रोका मगरलाई दुर्व्यवहार गरेको आरोपमा बस्नेत पक्राउ

सपना रोका मगरलाई दुर्व्यवहार गरेको आरोपमा बस्नेत पक्राउ

अपराध, समाचार
विश्वको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि विनयजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । सपनाले विनयजङ्ग बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध गत शुक्रवार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिईन् । मगरको किटानी जाहेरी दिएको उपर काठमाडौं जिल्ला अदालतले विनयजंग बस्नेतविरुद्ध आइतवार पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले आज (मंगलवार) केहिबेर अघि बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बेवारिसे शव जलाउने किशोरी सपनालाई बीबीसीले यस वर्ष विश्वको १०० प्रभावशाली महिलाको सूचीमा राखेको थियो । उनीसँगै शव जलाउने बस्नेतले सपना लाई छोरीका रुपमा चिनाउँदै आएका थिए । ‘जन्म दिने बाबुआमा अरु नै भएपनि म सपनाको कर्म दिने बुबा हुँ’ भन्दै विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिएका बस्नेतले सपनामाथि पटकपटक ...
भागरथी भट्टको बलात्कार पछि हत्या प्रकरणमा १ जना पक्राउ

भागरथी भट्टको बलात्कार पछि हत्या प्रकरणमा १ जना पक्राउ

अपराध
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्याको अनुसन्धानका क्रममा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समेतको टोलीले शनिबार राति कञ्चनपुरको महेनद्रनगरबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति दोगडाकेदार गाउँपालिकाकै सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् । भागरथी बेपत्ता भएको दिन उनी बैतडीको खोचलेक बजारमा थिए । खोचलेक बजारमा उनले भागरथीको पिछा गरेको देखिएको प्रहरी अनुसन्धान बाट खुलेको छ । भागरथी मृत फेला परेको दिनदेखि भने उनले बैतडी छाडेका देखिएको छ । घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनको घरमा भागरथीको मोबाइलको ब्याट्री फेला पारेको थियो । भागरथीको मोबाइलको ब्याट्री फेला परे देखिनै प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । पछिल्लो समय उनी वनबासा नाका हुँदै भारत जान...
चाबहिलका तीन वटा सहकारी संस्थाहरु एकै साथ चोरी प्रयास

चाबहिलका तीन वटा सहकारी संस्थाहरु एकै साथ चोरी प्रयास

अपराध
आम हड्ताल को अघिल्लो दिन काठमाडौँको चाबहिलका तीन वटा सहकारी संस्थाहरु एकै साथ चोरी भएका छन् । बिहिबार राती नवरस बचत तथा ऋण सहकार संस्था, पद्ममुखी बचत तथा ऋण सहकार संस्था र चन्द्र विनायक  ऋण सहकार संस्थामा चोरि भएको हो । चोरी भएको संस्थाहरुको भौतिक रुपमा  नजिक रहेका  छन   । सहकारी संस्थाको लकर चोरहरुले खोल्न नसके पछी उनीहरुले संस्थाको भौतिक साधन तोडफोड गरेर भागेको प्रहरीलेबताएको छ । साथै घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीको जानकारी दिएको छ । ...
भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालयका  अधिकृत समेत तीन जना विरुद्ध  विशेष अदालतमा मुद्दा दायर

भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालयका अधिकृत समेत तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर

अपराध, समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालय भैरहवामा तत्कालीन नापी अधिकृत घनश्याम दुवेसमेत तीन जना विरुद्ध आज बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार भैरहवाका तत्कालीन नापी अधिकृत दुवे र सर्भेक्षक रामराज यादवले पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्तिको हानीनोक्सानी पुर्‍याई व्यक्ति विशेषलाई गैरकानूनी लाभ हुने गरी जग्गाको मूल्य नौ लाख ८३ हजार ७०० कायम गरेको पाइएको छ । जग्गाधनी मुना पासिनले नापी कार्यालयका कर्मचारीलाई अनुचित प्रभावमा पारी आफू गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको पाइएको छ । आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार आयोगले उनीहरु विरुद्ध नौ लाख ८३ हजार ७०० बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । ...
अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३ सय ४५ ग्राम अवैध सुन सहित पक्राउ

अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३ सय ४५ ग्राम अवैध सुन सहित पक्राउ

अपराध, समाचार
 काठमाडौं महानगरपालिका-८ स्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३ सय ४५ ग्राम सुन सहित राहदानी नम्बर ०७२३०८५३ बाहक चितवन भरतपुर उपमहानगरपालिका-१३ घर भएका सुवास गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  कतार एअरवेजद्वारा कतारको दोहाबाट काठमाडौं आएका गुरुङलाई विमानस्थलको प्रहरीले जाँच गर्दा बच्चाले प्रयोग गर्ने डाइपरको बटमभित्र लुकाई छिपाई ल्याएको उक्त सुन सहित फेला पारी पक्राउ गरेको हो ।  साथै उक्त सुन संकलन गर्न आएका तनहुँ व्यास नगरपालिका-९ बस्ने ३१ वर्षीय टक बहादुर गुरुङ समेतलाई प्रहरीले पक्राउ गरेको छ । बरामद सुन सहित उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौजर बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।  ...