आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसको आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसको आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
 विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि .गरेको बताइएको छ । महानिर्देशक गेब्रेयसले विश्वमा कोभिड १९ को समस्या हल भइसकेको छैन, बरु कतिपय देशहरुमा अझै बढ्दै गएको छ भन्दै यो समस्या आगामी महिनाहरुमा थप बढ्ने बताएका हुन् । शुक्रबार आयोजना गरिएको एक भर्चुअल बैठकमा सम्बोधन गर्दै उनले सो धारणा राखेको जनाइएको छ । गेब्रेयसले भने– कतिपय नर्दन हेम्सफियरका देशहरुमा यो समस्या अझै बढ्दै गएको छ, ती देशका नागरिकले अहिले पनि निकै समस्या भोगेका छन् र कैयौँको ज्यान पनि गएको छ ।विश्वका कतिपय देशका बढ्दो मात्रामा देखिएको महामारी हेर्दा पनि आगामी दिनहरु थप समस्यग्रस्त हुनसक्ने भन्दै अहिले हामी महामारीको निकै समस्याको अवस्थ...
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना  संक्रमण पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्वप्रधानमन्त्री एंव  जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आफूहरूलाई कोरोनाभाइरसको संक्रमण भएको जानकारी भट्टराईले सामाजिक सञ्जालमार्फत दिएका छन्। भट्टराई दम्पत्तीको स्वाब शुक्रबार परीक्षणका लागि दिइएको थियो।  'चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ,' भट्टराईले भनेका छन्।  ...
शाकाहारी अर्थात् भेजिटिरियनले दशैँमा के खाने त ?

शाकाहारी अर्थात् भेजिटिरियनले दशैँमा के खाने त ?

समाचार, स्वास्थ्य
बडादशैँ अर्थात् सद्भावको चाड । एकताको चाड । हरेक नेपालीलाई एक ठाउँमा ल्याउने चाड । परदेश गएकाहरु कुटुरो च्यापेर मातृभूमि फर्किजाऔँ भन्ने भाव ल्याउने चाड । त्यसैले नेपालीहरुको ठूलो चाड हो दशैँ । यतिबेला घर घरमा दशैँ आएको छ । एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । हरेक नेपालीको घरमा खुसी छाएको छ ।शरद ऋतुको यो मनमोहक मौसममा बेग्लै रौनक छाएको छ । नीलो आकाशमा कोही चंगा उडाइरहेका छन्, कोही पिङमा मच्चिइरहेका छन्, शहरमा अस्थायी बसोबास गर्नेहरु घर–गाउँ फर्किएका छन् । सर्वत्र उल्लास छाएको छ । त्यसैले त, दशैँ आएको छ । त्यसैले त यसको महत्व अत्याधिक छ । नीलो आकाशमा रंगीचङ्गी चंगा, पिङमा मच्चिइरहेका केटाकेटी, गाउँ फर्केका जागीरे, लामो विछोडपछि भेटिएका परदेशी मायालु, गफिँदै गरेका अधबैँसे ।हो, साँच्चै दशैँ खास छ । नेपालीहरुको महान् चाड दशैं भन्नेबित्तिकै माछामासुको सेवन सागै जोडिन्छ । वर्षभरी मासु ...
दशैंमा मासु खाँदा सावधानी अपनाएर खानुपर्छ

दशैंमा मासु खाँदा सावधानी अपनाएर खानुपर्छ

समाचार, स्वास्थ्य
नेपालीहरूको ठूलो चाड दसैँ सुरु भइसकेको छ । दसैँका समयमा हरेक मानिसको घरमा मासुका परिकारहरु धेरै पाक्ने गर्दछ र हामी पनि मासु खाँदा दसैँमा त खाने हो नी भनी आफ्नो स्वास्थ्यको ख्यालै नगरी खाने गर्दछौ । तर यही हाम्रो बानीले हाम्रो स्वास्थ्य बिग्रन्छ र हामी बिरामी पछौँ ।   दशैमा हामीले खानपिनमा सामान्य ध्यान नदिँदा दसैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडावान्ता हुने, कब्जियतहुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा पनि उल्लेख्य वृद्धि हुन सक्छ ।  एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केहीपौष्टिक पोषण नपाइने चिकित्सकहरू बताउँछन् । रातो मासु पोलेर, धेरै भुटेर वातारेर खाँदा क्यान्सरको खतरा बढ्न सक्छ । दसैंमा मासु खाँदै नखाने भनेर रोक्न सकिँदैन । तर खाँदा सावधानी अपनाएर खानुपर्छ । बासी नखाने, मा...
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका  ४४९९ जना सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका ४४९९ जना सङ्क्रमित थपिए

समाचार, स्वास्थ्य
पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाभाइरसका चार हजार ४९९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६ हजार ८६४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १६ हजार ८६४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ४९९ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ५३ हजार आठ पुगेको छ । हाल ४६ ह्जार ६९१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ६८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख पाँच हजार ४८८ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुन...
देशभर पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा १२४९ महिला र २३८८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । उनीहरुमध्ये ८१२ जनाको मृत्यु भएको छ भने १ लाख २ हजार ८२० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३२१५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ४४ हजार ८७७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २६९ जनाको आईसीयू र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कहाँ कति थपिए संक्रमित ? मन्त्रालयका अनुसार काठमाडौं उपत्यकमा मात्र १५५२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८३, ललितपुरका १५७ र भक्तपुरका ११२ जना छन् । यस्तै मोरङका ६७० जना, सुनसरीका २२६, रुपन्देहीका १२६, मकवानपुरका १०१, झाप...
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ । संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनले पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए । यससँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३,२१५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यससँगै कोरोना निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ। हाल...
कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने सरकारको घोषणासँगै  निजी अस्पतालले चर्को शुल्क तोके

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने सरकारको घोषणासँगै निजी अस्पतालले चर्को शुल्क तोके

समाचार, स्वास्थ्य
 कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा सरकारले गरेसँगै विराटनगरका निजी अस्पतालले संक्रमितको उपचारको लागि चर्को शुल्क तोकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा कोरोना संक्रमितको निःशुल्क उपचार गर्दै आएका विराटनगरका निजी अस्पतालले संक्रमितको उपचारमा दैनिक ५० हजार रुपैयाँसम्म शुल्क तोकेका छन् । विराटनगरको न्युरो अस्पताल, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजले संक्रमितको निःशुल्क उपचार गर्दै आएका थिए । स्वास्थ्य मन्त्रालयले सामान्य लक्षण देखिएका संक्रमितले निजी अस्पतालमा उपचार गर्दा ३ हजार ५००, जटिल अवस्थाको विरामीको उपचार गर्दा ७ हजार र गम्भीर अवस्थाका विरामीको उपचारमा दैनिक १५ हजार शुल्क तोकेको छ । यो खानासहितको जम्मा शुल्क हो । यसअघि विरामीको निःशुल्क उपचार गर्नेगरि सम्झौता गरेका अस्पताललाई सरकारले सोही आधारमा भुक्तानी गर्ने सम्झौता गरेको छ । यद्यप...
ब्राजिलमा खोपको परीक्षणात्मक डोज लिनका लागि सहमत भएका स्वयमसेवीको निधन

ब्राजिलमा खोपको परीक्षणात्मक डोज लिनका लागि सहमत भएका स्वयमसेवीको निधन

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
ब्राजिलमा खोपको परीक्षणात्मक डोज लिनका लागि सहमत भएका स्वयमसेवीको निधन भएपछि खोपको परीक्षणका सन्दर्भमा शंका उत्पन्न भएको थियो । तर स्वयमसेवीको निधनका सम्बन्धमा अनुसन्धान गरेपछि खोपको परीक्षण जारी राखिने भएको हो । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले खोप लिएका स्वयमसेवीको निधनका बारेमा विस्तृत विवरण सार्वजनिक गरेको छैन । गोपनियताको कारण देखाउँदै उसले विवरण सार्वजनिक नगरेको हो । अक्सफोर्ड विश्वविद्यालयले ती स्वयमसेवीको निधनका सम्बन्धमा गरिएको मूल्यांकनबाट खोपको सुरक्षालाई लिएर कुनै शंका नदेखिएको बताएको छ । बेलायती सञ्चार संस्था बिबिसीले भने स्रोतहरुबाट आफूले पाएको जानकारी अनुसार निधन भएका स्वयमसेवीले खोप नलिएको थाहा भएको उल्लेख गरेको छ । परीक्षणका लागि आएका आधा स्वयमसेवीलाई मात्रै अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरसविरुद्धको वास्तविक खोप दिइएको छ । अरु आधालाई भने मेने...
विश्वभरमा अहिले ३ करोड कोरोनामुक्त,९१ लाख ५१ हजार सक्रिय सङ्क्रमित

विश्वभरमा अहिले ३ करोड कोरोनामुक्त,९१ लाख ५१ हजार सक्रिय सङ्क्रमित

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वमा कोरोनामुक्त हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका वल्ड्रोमिटरले जनाएको छ । वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका हुन् । अहिले विश्वभर ९१ लाख ५१ हजार सक्रिय सङ्क्रमित छन् । जसमध्ये एक प्रतिशत अर्थात् ७२ हजारको अवस्था जटिल छ भने बाँकी ९० लाखको अवस्था सामान्य छ । ११ लाख २२ हजारको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८४ लाख ४६ हजारमा कोरोना पुष्टि भएकोमा ५४ लाख ९३ हजार निको भएका छन् । २ लाख २५ हजारको भने ज्यान गएको छ । यस्तै ७५ लाख ९४ हजार सङ्क्रमित रहेका भारतमा ६७ लाख ३० हजारले कोरोना जितेका छन् । १ लाख १५ हजारको ज्यान गएको छ । ...